logo

आयोजक जनजागृति सेमिफाईनलमा प्रवेश मंगलवार साविक बिजेता संकटा र सर्लाहीबीच खेल हुने

 इसीमाना सम्वाददाता     २०७८ चैत १४ गते ०९: ३१ मा प्रकाशित     938   पटक पढिएको

आयोजक नव जनजागृति युवा क्लब जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा सोमबार भएको खेलमा सुदूपश्चिम ११ लाई १ ० ले पराजित गर्दै आयोजक प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।


आयोजकको जितमा सुनिल खड्काले निर्णायक गोल गरे । खेलको ५०औं मिनेटमा खड्काले डिबक्स बाहिरबाट प्रहार गरेको आकर्षक गोलको मद्यतले आयोजक अघिल्लो यात्रा तय गर्न सफल भएको हो ।


उद्घाटन खेलमा फ्रेण्ड्स क्लबमाथी ३ १ को जित निकाल्दै सुदूपश्चिमले क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । फ्रेण्ड्समाथी सहज जित निकालेको सुदूरपश्चिमले जनजागृतिविरुद्ध भने आकर्षक खेल पस्कन सकेन् । सुरुवातदेखी नै दवावमा देखिएको सुदूपश्चिमविरुद्ध जनजागृतिले लगातार आक्रामक खेल प्रदर्शन गरेको थियो ।


डोना थापासहित ए डिभिजन क्लबका र स्थानिय खेलाडी सम्मिलित टिम लिएर मैदानमा उत्रिएको आयोजक सुरुवातदेखि नै उत्कृष्ट लयमा देखियो । सुदूरपश्चिममाथी हावी बन्न सफल आयोजकले खेलको सुरुवातमै बनाएको केही अवसर सदुपयोग गर्न सकेन् ।


सुदूरपश्चिमले खेल सुरु भएको दोस्रो मिनेटमै उत्कृष्ट अवसर गुमाउन पुग्दा आयोजक हावी हुन पुगेको हो । सुदूरपश्चिमका विनोद केसीले डिबक्स भित्र पाएको बललाई पोष्टको दिशा दिन सकेनन् । विनोदले बल नियन्त्रणमा लिन नसक्दा जनजागृतिका रक्षापंक्ती सम्हालेका यानिक केट्चाले क्लियर गरेका थिए ।


आकर्षक अवसर गुमाएको सुदूरपश्चिमले त्यसपछि खेलमा राम्रो अवसर बनाउन सकेन् । पहिलो हाफ जनजागृतिले आफ्नो नियन्त्रणमा लिएपनि फिनिसि» पक्ष भने कमजोर देखिएको थियो । खेलको १०औं मिनेटमा सुनिल खड्काको उत्कृष्ट प्रहार क्रसबार नजिकैबाट बाहिरिन पुगेको थियो ।


गेम मेकरको भूमिकामा देखिएका डोनाले खेलको १३औं मिनेटमा सुनिल खड्कालाई अर्को अवसर बनाए । सुदूरपश्चिमको रक्षापंक्तीलाई झुक्याउदै डोनाले निकालेको पासमा सुनिल गोल गर्न चुके । उनको फितलो प्रहारलाई सुदूरपश्चिमका खेलाडी नियन्त्रणमा लिएका थिए ।


खेलको २७औं मिनेटमा जनजागृतिले अर्को अवसर गुमायो । डोनाको क्रस बललाई आयोजकका मोहित गुरु» गोल गर्न चुके । आयोजकले लगातार अवसर बनाईहदा सुदूरपश्चिम भने दवावमा देखिन्थ्यो । झण्डै पाँच हजार घरेलु दर्शकको समर्थन पाएको आयोजकविरुद्ध सुदूपश्चिमका पासा» लामाले ३४औं मिनेटमा राम्रो अवसर बनाएपनि गोलरक्षक सन्तोष महतले नियन्त्रणमा लिएका थिए ।


उत्कृष्ट तालमेलमा देखिएको जनजागृतिले दोस्रो हाफमा पनि उस्तै प्रदर्शन गरेको थियो । दोस्रो हाफको सुरुवातमै सुनिल खड्काको गोलले अग्रता लिएपछि जनजागृति उत्साहित देखिन्थ्यो । अफ्रिकी मुलका दुई खेलाडीले सम्हालेको रक्षापंक्तीको घेरा तोड्न सुदूरपश्चिम पूर्णरुपमा असफल देखियो ।


अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेपनि जनजागृतिका हेमन्त थापा मगर, सुनिल खड्का, मोहित गुरु»ले थुप्रै अवसर चुकाएका थिए । खेलको ८३औ मिनेटमा डोना थापाले गरेको उत्कृष्ट प्रहारलाई सुदूरपश्चिमका गोलरक्षक आकाश बुढाले बचाउ गरे ।


खेलमा डोना थापाले गरेको दुई वटा गोलले मान्यता पाएन् । पहिलो हाफ र दोस्रो हाफमा उनले गोल गरेपनि रेफ्री नविन्द्र महर्जनले अफ घोषित गरेका थिए । उत्कृष्ट लयमा देखिएका डोनाको दुई वटा गोलले मान्यता नपाएपनि आयोजकले खेलको ५०औं मिनेटमा सुनिल खड्काले गरेको गोलको मद्यतले जित हात पार्दै अघिल्लो यात्रा तय ग¥यो ।


सुनिल खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत मंगलवार साविक बिजेता संकटा क्लब र बाग्मती युवा क्लब सर्लाहीबीच खेल हुनेछ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.