logo

वीरगंजमा भाटभटेनीको शुभारम्भ,उपभोक्ताको उपभोग गर्ने बानीमा परिर्वतन आउने , मध्यतराईवासीमा खुशी

 इसीमाना सम्वाददाता     २०७९ चैत ९ गते ०७: १५ मा प्रकाशित     702   पटक पढिएको

वीरगञ्ज । २ अर्व ५० करोडको लागतमा वीरगंज महानगरपालिकाको वडा नं १४ बहुवरीमा निर्माण भएको सुपर मार्केट भाटभटेनीको २४ र्आैं शाखा संचालनमा आभएको छ ।

 

यो शाखा मधेश प्रदेशके पहिलो शाखा हो । यस पछि आउने असरामा जनकपुरमा अर्को शाखा संचालनमा आउने छ ।

शाखाको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले आजै एक कार्यक्रम बीच हिन्दू धर्म संस्कृति अनुसार पूजा गर्दै स्टोरको उदघाटन गरेका छन् ।

पर्सा, बारा, रौतहट र मधेश प्रदेशका अन्य जिल्लासँगै सीमावर्ती भारतीय शहरका उपभोक्तालाई सेवा दिने अध्यक्ष गुरुङको भनाई छ ।

भाटभटेनीले सबै खालका क्रयशक्ति भएका ग्राहकलाई सेवा दिनेछ । गुरुङले ब्यपार पनि सेवाभाले अभिप्रेरित रहेको बताए । गरुङले
स्थानीय किसान, उद्यमी, व्यवसायी, उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्ने र त्यसले उद्यमशीलातको बिकास हुने बिश्वास ब्यक्त गरे ।


२ बिघा २ कठ्ठा क्षेत्रफल जग्गामा निर्मित सुपर मार्केट स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको छ भने सुपर मार्केट भवन ७ तल्ले छ । भाटभटेनीको अहिले सम्म संचालनमा आएको योमार्केट सबैभन्दा ठुलो हो ।

 

भाटभटेनीमा राखिएका उपभोग्य बस्तु तथा अन्य समान महंगो हुने आकंलन गरिए पनि ब्यवहारमा त्यस्तो नभएको अवलोकनकर्ता भनाई रहेको छ । बिहिवार मात्रै रक्सौलमा बिभिन्न सामाग्री खरिद गरि फर्किएका पत्रकार महेशचन्द्र गौतमले रक्सौलमा भन्दा भाटभटेनीमा कतिपय समान सस्तो रहेको बताए ।

उनले रक्सौलमा ६४ रुपैया किलो चीनी ल्याएका थिए तर भाटभटेनीमा त्यही चीनी ६२ रुपैया किलो बिक्री बितरण भएको थियो ।

लालकिल्ला चामल नेपाली १ सय ६० मा खरिद गरेका गौतमले भाटभटेनीमा त्यो भन्दा सस्तोमा बिझी भइरहेको बताए । उनले भने रक्सौल भन्दा यही सस्तो पो रहेछ ।


सुपर मार्केटले उपभोक्ताको उपभोग कल्चरमा परिर्वतन ल्याउने आम बिश्वास गरिएको छ । भाटभटेनी सुपर मार्केटमा हजारौको सहभागिता रहयो। त्यहा पुग्ने सबैले भाटभटेनी खुलेकोमा खुशी ब्यक्त मात्र गरेका छैनन वीरगंजे गर्व गर्न पाउने संरचना निर्माण भएको बताए ।

 

बरिष्ठ अधिवक्ता दिपकराज भण्डारीले यती धेरै मानिसको सहभागिता वीरगंजका कुनै पनि कार्यक्रममा आज भन्दा अघि आफूले महशुस नगरेको बताए ।

उपभोक्तालाई मार्केट सम्म ल्याउन जुन ब्यवस्थापकीय क्षमताको प्रर्दशन भयो त्यो निकै तारिफे काविल रहेको उनको भनाई छ ।

मार्केटले यस क्षेत्रका सबै नागरिकलाई नामै उल्लेख गरेर निमन्त्रणा पठाएको थियो । अधिवक्ता भण्डारीले वीरगंजका आधारभूत क्षेत्रका मानिसलाई मार्केट सम्म ल्याउन सकेकोले मार्केटले उपभोक्ताको उपभोग कल्चरमा परिर्वतन ल्याउने बताए ।

ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व प्रमुख अवधेश झाले सुपर मार्केटलाई वीरगंजको गौरव मान्नु पर्ने बताए । उनले भने “दिेशको झल्को मेटने एउट ठाउँ वीगंजमा पनि बन्यो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.