logo

सर्वाधिक राशी पुरस्कार रहेको फूटवल प्रतियोगिता कात्तिक १८ गतेदेखि शुरु हुने

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १ गते ०६: १२ मा प्रकाशित     746   पटक पढिएको

 वीरगञ्ज ।मधेशकै सर्वाधिक पुरस्कार राशी भएको फूटवल प्रतियोगिता बीरगंजमा हुने भएको छ । आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ११ लाख ११ हजार १ सयm ११ रुपैया प्राप्त गर्ने छ ।

 

उपबिजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया पुरस्कार प्राप्त गर्ने छ । भेट्रान सिटि क्लब वीरगञ्जले प्रतियोगिातको आयोजना गरेको हो । प्रथम वीरगञ्ज गोल्डकप ०८० फुटबल प्रतियोगिता आदर्शनगर रंगशालामा यहि कात्तिक १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने क्लवले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

 

पर्यटन प्रवद्र्धन एवम् खेलको बिकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । झण्डै ५ बर्षपछि आर्दशनगर रंगशालामा आयोजना गरिने प्रतियोगिता मधेश प्रदेशकै उच्च धनराशीको प्रतियोगिता हो ।

 

वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा नेपाल तथा भारतीय शहरका टोलीहरुको सहभागिता रहनेछ ।

 

प्रतियोगितामा त्रिभुवन नेपाल फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाईज युनाईटेड, झापा एफ सी, क्लाईभ हाउस, डम डम कोलकत्ता, नर्थ जोन फुटबल टिम दिल्ली र आयोजक भेट्रान सिटि क्लब वीरगञ्ज सहभागि रहनेछन् । करिब ८० लाख रुपैया खर्च हुने अनुमान गरिएको क्लवका अध्यक्ष सविन बस्नेतले जानकारी दिए ।

 

प्रत्येक दिन हुने खेलको म्याच अफ द म्याचलाई समेत विद्यागत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.