logo

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

 इसीमाना सम्वाददाता     २०८१ भदौ ३० गते ०८: ०५ मा प्रकाशित     884   पटक पढिएको

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।


कार्यक्रममा मधेश सरकारका खेलकुद तथा सामाजिक मन्त्री प्रमोद जयसवालले क्रिकेटको बिकासको लागि मधेश सरकार सदैव साथ रहेको बताए ।

 

उनले मधेश प्रिमियर लिग तथा क्रिकेटका अन्य गतिबिधि संचालनकाकागि मधेश प्रदेश क्रिकेट संघसंग सहकार्य गर्ने जानकारी समेत गराए ।

कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले ईलाइट कपलाई भब्यताका साथ सम्पन्न गर्न कुनै कसर बाकि नराख्ने बताए । उनले पर्सा क्रिकेट संघले गर्ने कार्यलाइ महानगरले सदैव साथ दिने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले मधेश प्रदेशका आठ जिल्ला उत्कृष्ट क्रिकेट खेलाडीद्वारा भरिएको बताए ।

उनले नयाँ खेलाडीहरुले आफनो दावेदारी पेश गर्न समेत आग्रह गरे ।

 

उनले नयाँ खेलाडीहरुलाई आवश्यक वतावरण बनाउनकालागि नेपाल क्रिकेट संघले आवश्यक पहल गर्नु पर्ने सुझाव ब्यक्त गरे ।

कार्यक्रममा मधेश प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए।


त्यसै गरि सचिव श्रेष्ठले पेश गरेको बार्षिक कार्यक्रम अनुसार मधेश प्रिमियिर लिगको आयोजना, ८ वटै जिल्ला बीच रातो बलले लामो क्रिकेटको प्रतियोगिता, उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई नगद सहित सम्मान लगायतको कार्यक्रम पेश गरेका थिए ।

 

कार्यक्रममा जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेय, बाराका अध्यक्ष प्रभात चौरसिया, पर्साका अध्यक्ष मनिश सिंह तथा नेपाल क्रिकेट संघका पूर्व सदस्य दाउद अन्सारी लगायतले आफना मन्तव्य राखेका थिए ।

 

कार्यक्रमको अध्यक्षता मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल कुमार महासेठले गरेका थिए भने स्वागत मन्तव्य मधेश प्रदेश क्रिकेट संघका सदस्य शत्रुघ्न साहले ब्यक्त गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.