logo

वीरगञ्ज युनाइटेड क्लब, मधेशको सर्वाधिक धनराशी पुरस्कार भएको फूटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

 इसीमाना सम्बाददाता     २०८१ फागुन १७ गते ०७: ४२ मा प्रकाशित     460   पटक पढिएको

वीरगञ्ज । भारतको गढवाल डायमण्ड फुटबल क्लबका खेलाडी सन्दीप रानाले आफ्नै गोलपोष्टमा गरेको आत्मघाती गोलका कारण वीरगञ्ज युनाइटेड क्लब मधेस प्रदेश कै सर्वाधिक धनराशी भएको दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 


शनिवार प्रतियोगिताको उद्घाटन खेल थियो । खेल प्रारमभ भएको ५१ औ मिनेटमा सन्दीले आत्मघाती गोल ठोकेका थिए । उनको यो आत्मघाती गोल नै खेलको निर्णायक गोल बन्यो ।


खेलको २० औ, मिनेटमा ल्लीका खेलाडीले डिएरिया भित्रै बल हातले छोएपछि वीरगञ्जले पेनाल्टी किक् पाएको थियो तर बीरगंजले त्यसलाई गोलमा परिणत भने गर्न सकेन । 

खेलको ८५ औं मिनेटमा दिल्लीले खेल बराबरी गर्ने कोशीस त गरेको थियो तर सफल हुन सकेन ।  दिल्लीका अभय डेसिलाले वीरगञ्जको डिएरिया भित्रैबाट प्रहार गरेको बल गोलपोष्टको बारमाथि बाट गएपछि दिल्लीले खेल बराबरी बनाउन सकेन ।

शनिबारको खेलको म्यान अफ दी म्याच वीरगञ्जका बिपिन मगर घोषित भए । उनलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो । भोली आइतबारको खेल काठमाडौंको संकटा क्लब र सिरहाको सलहेश फुटबल क्लबबीच हुनेछ ।

शनिबार प्रतियोगिताको उद्घाटन वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल,वीरगन्ज महानगरपालिका विभिन्न वडाका वडाध्यक्ष लगायतकाकोपनि सहभागीता थियो ।

वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा भेट्रान सिटी क्लब वीरगन्जले आयोजना गरेको प्रतियोगितामा आठ टिम सहभागी छन् । फागुन २४ गतेसम्म चल्ने प्रतियोगितामा प्रतियोगितामा संकटा क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गढवाल डायमण्ड फुटबल क्लब दिल्ली भारत, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र वीरगन्ज युनाइटेड क्लबले भाग लिएको आयोजक भेट्रान सिटी क्लबका उपाध्यक्ष सागर राणाले जानकारी दिए ।

उनका अनुसार, प्रतियोगिताको उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेता टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.