logo

वीरगञ्ज युनाइटेड क्लब, मधेशको सर्वाधिक धनराशी पुरस्कार भएको फूटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

 इसीमाना सम्बाददाता     २०८१ फागुन १७ गते ०७: ४२ मा प्रकाशित     624   पटक पढिएको

वीरगञ्ज । भारतको गढवाल डायमण्ड फुटबल क्लबका खेलाडी सन्दीप रानाले आफ्नै गोलपोष्टमा गरेको आत्मघाती गोलका कारण वीरगञ्ज युनाइटेड क्लब मधेस प्रदेश कै सर्वाधिक धनराशी भएको दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 


शनिवार प्रतियोगिताको उद्घाटन खेल थियो । खेल प्रारमभ भएको ५१ औ मिनेटमा सन्दीले आत्मघाती गोल ठोकेका थिए । उनको यो आत्मघाती गोल नै खेलको निर्णायक गोल बन्यो ।


खेलको २० औ, मिनेटमा ल्लीका खेलाडीले डिएरिया भित्रै बल हातले छोएपछि वीरगञ्जले पेनाल्टी किक् पाएको थियो तर बीरगंजले त्यसलाई गोलमा परिणत भने गर्न सकेन । 

खेलको ८५ औं मिनेटमा दिल्लीले खेल बराबरी गर्ने कोशीस त गरेको थियो तर सफल हुन सकेन ।  दिल्लीका अभय डेसिलाले वीरगञ्जको डिएरिया भित्रैबाट प्रहार गरेको बल गोलपोष्टको बारमाथि बाट गएपछि दिल्लीले खेल बराबरी बनाउन सकेन ।

शनिबारको खेलको म्यान अफ दी म्याच वीरगञ्जका बिपिन मगर घोषित भए । उनलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो । भोली आइतबारको खेल काठमाडौंको संकटा क्लब र सिरहाको सलहेश फुटबल क्लबबीच हुनेछ ।

शनिबार प्रतियोगिताको उद्घाटन वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल,वीरगन्ज महानगरपालिका विभिन्न वडाका वडाध्यक्ष लगायतकाकोपनि सहभागीता थियो ।

वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा भेट्रान सिटी क्लब वीरगन्जले आयोजना गरेको प्रतियोगितामा आठ टिम सहभागी छन् । फागुन २४ गतेसम्म चल्ने प्रतियोगितामा प्रतियोगितामा संकटा क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गढवाल डायमण्ड फुटबल क्लब दिल्ली भारत, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र वीरगन्ज युनाइटेड क्लबले भाग लिएको आयोजक भेट्रान सिटी क्लबका उपाध्यक्ष सागर राणाले जानकारी दिए ।

उनका अनुसार, प्रतियोगिताको उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेता टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.