logo

सहकारीकर्मीको भावना समेटदै अघि बढ्ने -मेयर डा. पौडेल

      4/13/2018 गते 00 00 मा प्रकाशित     1206   पटक पढिएको

सिमरा, ३० चैत्र । जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले उपमहानगरले सहकारी ऐन निर्माण गर्ने तयारी गरिरहेको भन्दै सहकारीकर्मीको भावना समेटेर आफू अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् ।

 

जीतपुरसिमरा उपमहानगर स्तरिय सहकारी सञ्जालले शुक्रवार सिमरामा आयोजना गरेको स्थानिय तह र सहकरीकर्मीबिचको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मेयर डा. पौडेलले सामाजिक रुपान्तरणका निम्ति सहकारीको भूमिका अहम रहेको र सामाजिक जागरण सहकारीकर्मी लाग्नुपर्ने बताए ।

 

मेयर डा. पौडेलले गरिबि, बेरोजगारीको अन्त्य र दिगो बिकासको लक्ष्यसहित अघि बढ्ने बताएका छन् ।

 

सहकारी संस्थामा देखिएको ब्याजदर, सेवाशुल्कको विविधतालाई एकरुपता बनाउने भन्दै मेयर डा. पौडेलले सहकारी संस्था नभएको स्थानमा नमुना सहकारी स्थापनाका लागि अग्रसर हुने बताए ।

 

मेयर डा. पौडेलले सहकारी क्षेत्रलाई सिमित ब्यक्तिको दायराबाट समुदाय केन्द्रीत बनाउने बताएका छन् ।

सहकारी संस्थाबिच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै मेयर डा. पौडेलले राज्य, कृषी र सहकारीको सहकार्यमा उद्योग ब्यवसायको प्रवद्र्धन गर्नतर्फ अघि बढ्नुपर्ने बताएका छन् ।

 

कार्यक्रममा साना किसान कृषी सहकारी संघका केन्द्रीय सञ्चलक शिवप्रसाद अधिकारी, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव राजुप्रसाद अधिकारीलगायतले मन्तब्य राखेका थिए ।

सञ्जालकी अध्यक्ष अनिता लम्साल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख गोविन्द ओझा, जीतपुरसिमरा उपमहानगरका सहकारी अधिकृत गोपाल खपांगीलगायतको उपस्थिती रहेको थियो ।

 

कार्यक्रमको सहजीकरण रविन्द्रराज भण्डारीले गरेका थिए भने स्वागत मन्तब्य झपेन्द्र बरालले राखेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.