logo

हावाहुरीबाट चितवनमा ३० करोड भन्दा बढीको क्षति

      5/7/2018 गते 00 00 मा प्रकाशित     1608   पटक पढिएको

शिशिर सिंखडा
चितवन, २४ बैशाख ।
आईतबार साझ आएको हावाहुरीका कारण चितवनमा ३० करोड रुपैया भन्दा बढीको क्षति भएको छ । हावाहुरी, असिना पानीका कारण व्यवसायिक रुपमा लगाइएको केराखेती, व्यवसायिक मौरी, घरगोठ र तरकारी खेतीमा समेत क्षति पुगेको छ । 
केरा व्यवसायमा २० करोड भन्दा बढीको क्षति
हावाहुरी, असिना पानीबाट चितवनको केरा व्यवसायमा ठूलो असर परेको छ । केरा व्यवसायमा सो हावाहुरीको कारण २० करोड रुपैया भन्दा बढीको क्षति भएको केरा उत्पादक संघ चितवनका अध्यक्ष विष्णुहरी पन्तले जानकारी दिए ।

 

केराको पकेट क्षेत्रकै रुपमा रहेको पूर्वी चितवनको कालिका नगरपालिका स्थित पदमपुर, जुटपानी, रत्ननगरको माधवपुर, जिरौनामा लगाइएको केरा खेती पूर्ण रुपमा नष्ट भएको छ । त्यस्तै गरी भरतपुर–१ को ठिमुरामा पनि केरा व्यवसायमा प्रभाव परेको छ । 


कालिकाको पदमपुर, जुटपानी लगायत पूर्वी चितवनका विभिन्न क्षेत्रमा लगाइएको २ हजार बिगाहा मध्ये १ हजार ८ सय बिगाहाका केराहरुमा क्षति भएको छ । सो केराको ८० प्रतिशत भन्दा बढी पूर्ण रुपमा क्षति भएको पन्तले जानकारी दिए । भरतपुर – १ को ठिमुरा क्षेत्र, पूर्वी चितवनको पदमपुर, जुटपानी, सूर्यपुर, लंकालाईन, जमुनापुर, खोलेसिमल, जिरौना, भटेनी क्षेत्रमा लगाइएको केरामा क्षति हुँदा किसानहरु मर्कामा परेका छन् ।

 

केही मात्रामा बाँकी रहेको देखिएको केरा पनि काम नलाग्ने अवस्थामा रहेको पन्तले जानकारी दिए । 
केरा व्यवसाय गरेका ४ सय भन्दा बढी किसानको केरा खेतीमा क्षति भएको छ, सो केराको क्षतिको आजैबाट तथ्याङ्क संकलन गर्न शुरु गरिएको समेत जानकारी दिए ।

 

केरा व्यवसायको बीमा गर्ने प्रावधान भएतापनि करिब ३० प्रतिशत किसानले मात्र बीमा गरेको पाइएको उनले बताए । पन्तका अनुसार क्षति भएका केरा मध्ये करिब ३ करोडको मात्र बीमा भएको अनुमान छ, उनले भने । करिब ३ दिनमा केराको क्षतिको तथ्याङ्क आएपछि एकिन रुपमा क्षतिको अवस्था जानकारी गराइने समेत उनले बताए ।

 
मौरी व्यवसायमा करिब ३ करोड घाटा
हावाहुरी तथा असिना पानीबाट चितवनमा ६१ जना मौरी किसानको मौरी नष्ट भएको छ । किसानको ५ हजार १ सय ५५ घार मौरी नष्ट भएको नेपाल मौरीपालक महासंघ चितवनका अध्यक्ष रोशन पण्डितले जानकारी दिए ।

 

कालिका नगरपालिकाको पदमपुर, सूर्यपुर, लंकालाईन, गडुवा, २ सय बिगाहा, थानखोला क्षेत्र, शक्तिखोर, सिद्धि क्षेत्रमा चराउन राखिएको अवस्थामा मौरीहरु क्षति भएको अध्यक्ष पण्डितले जानकारी दिए । 
किसानहरु तारा प्रसाद ढुंगाना, सीताराम दंगाल, मातृका घिमिरे, सूर्य सुवेदी, नवीन आचार्य लगायतका किसानहरुको धेरै संख्यामा मौरीको घार नष्ट भएको छ भने अन्य किसानहरुको पनि क्षति भएको उनले जानकारी दिए । मौरीको महबाट करिब ९ करोडको आम्दानी हुने लक्ष्य लिइएकोमा हावाहुरीका कारण २ करोड ८३ लाख रुपैयाको उत्पादनमा ह्रास आउने अवस्था भएको समेत अध्यक्ष पण्डितले बताए । मौरी किसानहरु मध्ये २२ जना किसानको घार र मौरीमा ५० प्रतिशत क्षति भएको ३९ जना किसानको मौरीमा ५० प्रतिशत क्षति भएको छ । क्षतिको विवरण संकलन भइरहेकोले यकिन क्षति केही दिनमा प्राप्त हुने समेत उनले जानकारी दिए ।

 
मकै, तरकारी खेती र घरगोठमा करिब ७ करोडको क्षति
आईतबार साझको हावाहुरी, असिना पानीको कारण चितवनका किसानहरुले लगाएको मकै, तरकारी खेती तथा किसानका घर गोठ उडाउँदा ७ करोड रुपैया भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । 

 


कालिका नगरपालिका क्षेत्रको पदमपुर, जुटपानी लगायतका क्षेत्रका किसानको ३ करोड रुपैया भन्दा बढीको मकै तथा तरकारी खेती नष्ट भएको छ । अधिकाँश मकै र तरकारी खेती पूर्ण रुपमा क्षति भएको छ । करिब ५ प्रतिशत मात्र मकै खेतीमा क्षति नपुगेको पाइएको छ । हावाहुरीका कारण कालिका नगरपालिकाका मात्र २ सय भन्दा बढी नगरवासीको घर गोठ उडाएको छ । घर गोठ उडाउँदा करिब ४ करोडको क्षति अनुमान गरिएको छ । 

 


कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठका अनुसार मकैबाली, तरकारी खेती र घर गोठमा भएको क्षति ७ करोड रुपैया भन्दा बढी भएको अनुमान गरिएको छ । सबै खालको क्षतिको तथ्याङ्क संकलन शुरु गरिएको र केही दिनमा क्षतिको विवरण आएपछि यथार्थ क्षतिको जानकारी गराइने समेत नगर प्रमुख श्रेष्ठले बताए ।

 

हावाहुरी र असिना पानीको क्षतिको तथ्याङ्क संकलन गर्न वडा अध्यक्षहरु मार्फत् काम थालिसकिएको समेत श्रेष्ठले जानकारी दिए । 


हावाहुरी प्रभावित क्षेत्रमा कृषि मन्त्रीद्वारा निरीक्षण
हावाहुरी प्रभावित कालिका नगरपालिकाको पदमपुर, जुटपानी लगायतका क्षेत्रमा कृषि मन्त्री दावा लामा, प्रदेश सभाका सांसद घनश्याम दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ, विभिन्न वडाका वडा अध्यक्षहरु लगायतले सोमबार बिहानै क्षतिको निरीक्षण गरी तत्काल क्षतिको विवरण संकलन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गरेका छन् । 


हावाहुरीकै कारण पूर्वी चितवनका विभिन्न क्षेत्रहरुमा आइतबार साझबाट नै विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण रुखहरु ढल्नाले केही स्थानमा बाटोहरु समेत अवरुद्ध भएकोमा सोमबार बिहानबाट बाटोको अवरोध भने हटाइएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.