logo

आगामी आर्थिक बर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट प्रस्तुत

      5/29/2018 गते 00 00 मा प्रकाशित     1308   पटक पढिएको

काठमाडौं १५ जेठ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । उनले ब्यवस्थापिका संसदमा बजेट पेश गर्दै यस्तो जानकारी गराएका हुन् ।

यस्तो रकमको खर्चबाट आगामी आर्थिक बर्षमा ८ प्रतिशतको आर्थिक बृद्धि हुने अर्थमन्त्रीको भनाइ छ । सरकारले आगामी आर्थिक बर्षको मूल्य बृद्धि ६.५ प्रतिशतको सीमामा राख्ने जानकारी दिएको छ ।

 

सरकारले रुग्ण उद्योगलाई सार्वजनिक–निजी साझेदारी अवधारणमा संचालन गरिने जनाएको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै रुग्ण उद्योगहरुलाई निजी साझेदारी अवधारणमा संचालन गर्ने घोषणा गरेको हो । यसैगरी सरकारले राष्ट्रिय आपूर्ति कम्पनी  स्थापना गर्ने भएको छ ।

साथै हाल संचालमा रहेको खाद्य संस्थान र नेशनल ट्रेडिङलाई पनि सोही कम्पनी अन्तरगत ल्याईने भएको छ ।
शैक्षिक प्रमाणपत्र धिता राखेर ७ लाख रुपैयाँसम्म ऋण पाइने भएको छ ।

आर्थिक वर्ष २०७५÷७६ सालको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त कुरा बताएका हुन् ।  उक्त ऋण लिए वापत ५ प्रतिशत ब्याजदर तिर्नु पर्ने बताइएको छ । त्यसैगरी वैदेशिक रोजगारीमा जानेलााई सीपमुलक तालिम दिएर मात्रै विदेश पठाइने बताइएको छ ।


हरेक स्थानीय तहमा प्राविधिक शिक्षा सुरु गरिने भएको छ । आर्थिक वर्ष २०७५÷७६ सालको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री  खतिवडाले उक्त कुरा बताएका हुन् ।  त्यस्तै शिक्षाको विज्ञान प्रविधि क्षेत्रमा १ खर्ब ३४ अर्ब बजेट विनियोजन भएको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म ऋणको लिने व्यवस्था, सबै सामदायिक विद्यालयमा उच्च गतिको इन्टरनेटको व्यवस्था गरिने बताइएको छ ।

 दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर बनाउने घोषणा गरिएको छ भने मानव विकास सुचकांक भन्दा कमजोर रहेका जिल्लामा ५ कक्षासम्म दिवा खाजाको व्यवस्था गरिने भएको छ ।  शिक्षक दरबन्दी पनि पुर्नसरचना गरिने बताइएको छ ।  विश्विद्यालय अनुदान १४ अर्ब विनियोजन गरिएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको स्थापना गरिने तथा आर्युवेदिक विश्वविद्यालयका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.