logo

भंसार राजस्व संकलनमा लक्ष्य प्राप्त गर्न बीरगंज भन्सार असफल 

      7/19/2018 गते 00 00 मा प्रकाशित     2258   पटक पढिएको

बीरगंज ३ साउन ।
नेपालको प्रमुख स्थल भन्सार नाका बीरगंज गत वर्षको राजस्व संकलनको लक्ष्य हालि गर्न असफल भएको छ । बीरगंज भन्सार कार्यालयले जम्मा ९७.४८ प्रतिशत राजस्व हासिल ग¥यो । यति राजस्व हासिल गर्न पनि कम्ता हम्मे परेको थिएन  बीरगंज भन्सार कार्यालयलाई ।

 

 त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलपछिको दोश्रो राजस्व संकलन हुने वीरगन्ज भन्सार कार्यालयले आर्थिक बर्ष २०७३।०७४ मा भन्दा कम राजस्व संकलन गरेको हो ।
वीरगन्ज भन्सार कार्यालयले ०७४।०७५ मा १ खर्ब ३१ अर्ब ३१ लाख सात हजार रुपैयाँमात्रै राजस्व संकलन गरेको छ । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई आर्थिक बर्ष ०७४।०७५ मा  १ खर्ब ३४ अर्ब ३९ करोड २४ लाख २५ हजार लक्ष्य दिएको थियो । विभागले दिएको लक्ष्यको ९७.४८ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । 


वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार अन्तशुल्कमा भने लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । अन्तःशुल्कमा भन्सार कार्यालयले १२४.८१ प्रतिशत अर्थात २२ अर्ब ९३ करोड, १० लाख ९३ हजार राजस्व संकलन गरेको हो ।

 

भन्सार विभागले अन्तःशुल्कमा १८ अर्ब ३७ करोड ३२ लाख ६३ हजार लक्ष्य दिएको थियो । बाँकी भन्सार महशुल र मूल्य अभिवृद्धि करमा भने लक्ष्य भन्दा कम राजस्व असुली भएको छ । 


भन्सार महशुलतर्फ ८३.९३ प्रतिशत अर्थात ५६ अर्ब, ६३ करोड, ३० लाख ६९ हजार लक्ष्य दिएकोमा ४७ अर्ब ५३ करोड, ११ हजार मात्रै राजस्व संकलन भएको छ । त्यस्तै मूल्य अभिवृद्धि करतर्फ ५६ अर्ब ६३ करोड १५ लाख तीन हजार ८७.३७ प्रतिशत राजस्व संकलन भएको छ ।

 

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार भन्सार विभागले असार महिनाका लागि तोकेको राजस्व असुली लक्ष्य प्राप्त गर्न कार्यालय सफल भएको छ ।

 

असार महिनामा १३ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा १३ अर्ब ४३ करोड ९२ लाख ४३ हजार लक्ष्य रहेकोमा १३ अर्ब ८४ करोड ११ लाख २३ हजार रुपैयाँ राजस्व संकलन भएको यादवले बताए । 

 


असार महिनामा नयाँ सवारी साधनको बढी आयात हुनु, इन्धनको नियमित आयात, ड्राइफ्रुटस र कस्मेटिक वस्तुहरुमा अन्तःशुल्कमा भएको वृद्धि लगायतका कारणले रजस्व असुली उत्साहजनक रहेको उनले बताए ।

 

नयाँ सवारी साधन, इन्धन, औद्योगिक कच्चा पदार्थ र दैनिक उपभोग्य वस्तुको आयातबाट यो भन्सारले बढी राजस्व संकलन गर्दै आएको छ । संकलित राजस्वमध्ये इन्धन र नयाँ सवारी साधनको मात्र झन्डै आधा जसो योगदान हुन्छ ।

 

बाँकी राजस्व अन्यवस्तुबाट संकलन हुदै आएको छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले गतबर्षको बाढी, क्लिंकर आयातमा देखिएको अवरोध तथा दुईतहको निर्वाचनले पनि भन्सार राजस्व संकलनमा प्रभाव परेको बताए ।

 

गतबर्ष आएको बाढीले १५।२० दिन नाका अवरुद्ध भएको, मंसिर महिनाभरी क्लिंकर आयात ठप्प हुनु र दुईवटा निर्वाचनको समयमा ७२ घण्टाको दरले ६ दिन नाकाबन्द हुँदा राजस्व असुलीमा प्रभाव परेको बताए ।


बीरगंज भन्सार प्रमुखले दिएको तर्कमा दम नदेखिने भन्सार मामलाका बिज्ञहरुको टिप्पणी छ ।

 

पारी रक्सौलमा आएको सामान बीरगंज जति दिन बन्द भएपनि त्यो एक दिन भन्सार हुदै आउने भएकोले राजस्व संकलनमा त्यती धेरै कमी आउने तर्क बैज्ञानिक नहुने उनीहरुको तर्क छ । बरु अनधिकृत कारोवारको बढोत्तरीका कारण राजस्व संकलन कमी भएको उनीहरुको दावी छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.