logo

चाचान ग्रुपको नारायणी सिमेन्टको उत्पादन गुणस्तरहिन, बिभागले लगायो प्रतिवन्ध

      8/10/2018 गते 00 00 मा प्रकाशित     2088   पटक पढिएको

काठमाण्डौं,२५ साउन ।
सिमेन्टमा सरकारले तोकेको आईआर (रासायनिक पदार्थ) मापदण्डभन्दा कम रहेको पुष्टि भएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको लिपनीमालमा रहेको नारायणी सिमेन्ट उद्योग प्रालिको त्रिशक्ति र बज्रशक्ति सिमेन्ट उत्पादनमा प्रतिबन्ध लगाएको छ ।

 विभागको बिहीबारको निर्णयअनुसार उक्त सिमेन्ट उद्योगलाई दिइएको गुणस्तर प्रमाण चिह्न (एनएस)को इजाजतपत्र स्थगन गरिएको हो ।

 

 बिभागका महानिर्देशक बिश्वबाबु पुडासैनीले नारायणी सिमेन्ट उद्योगले उत्पादन गर्दै आएको ओपीसी तथा पीपीसी दुवै सिमेन्टले गुणस्तर प्रमाण चिह्नको अनुचित प्रयोग गरेको पुष्टि भएकाले इजाजत पत्र स्थगन गरेको बताए । 

नारायणी सिमेन्टले त्रिशक्ति र बज्रशक्ति सिमेन्ट उत्पादन गर्दै आएको छ । बिभागको यो निर्णय पछि उधोगले बजारमा गएको सिमेन्ट समेत बजारबाट उठाउनु पर्ने छ ।

 

 सिमेन्टमा आईआर मात्रा बढी हुँदा घरले लोड धान्न सक्तैन र घर नै भत्किन्छ । गुणस्तरले तोकेभन्दा आईआर बढी देखिएको कारण त्रिशक्ति र बज्रशक्ति सिमेन्ट प्रयोग गरेर बनाइएका घरलगायतका सबै भौतिक संरचना जोखिममा परेका छन् ।


सिमेन्ट उत्पादकहरुले सधैं खेलबाड गर्दै आएका छन् । नारायणी सिमेन्ट उद्योगले त्रिशक्ति र बज्रशक्ति नामका दुई ब्राण्डका सिमेन्ट प्रतिदिन २१ हजार बोरा उत्पादन गर्दै आएको छ । सो उद्योगले उत्पादन गरेका सिमेन्टहरु मध्यदेखि पूर्वसम्मको तराईको भागमा बढी खपत हुँदै आएको छ ।

त्यसो त मध्य क्षेत्रका काठमाडौं उपत्यकालगायतका स्थानमा पनि त्रिशक्ति र बज्रशक्ति सिमेन्टको राम्रै बजार छ । तर, ती सबै सिमेन्ट गुणस्तरहीन देखिएको छ ।

 

यद्यपि ती सिमेन्टका मालिकहरुले बदमासी गरेर बोरामा एनएस चिह्न भने प्रयोग गरेरै सिमेन्ट बिक्री गरिरहेका छन् । अहिले बजारमा रहेका त्रिशक्ति र बज्रशक्ति सिमेन्ट पूर्णतया गुणस्तरहीन देखिएको छ । नारायणी सिमेन्ट उद्योगले एघार वर्षदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ ।

 सो सिमेन्ट उद्योगको अध्यक्ष बाबुलाल चाचान हुन् भने प्रबन्धसञ्चालक सतिशकुमार चाचान हुन् । बाबुलाल वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् ।

 

विभागको बिहीबारकै निर्णयअनुसार चाचानकै स्वामित्मा सोही ठाउँमा रहेको नारायणी माइक्रो पाइप उद्योग प्रालिको पनि इजाजतपत्र स्थगन गरेको छ । उक्त उद्योगले नेपाल गुणस्तर चिह्नविपरीत एचडीपीई पाइपमा सेतो दाना प्रयोग गरेको कारण इजाजत स्थगन गरिएको हो ।


 विभागले रुपन्देहीमा रहेको नवनेपाल प्लाष्टिक प्रालि नामको उद्योगको पनि नेपाल गुणस्तर चिह्नको इजाजतपत्र स्थगन गरेको छ । काठमाडौंमा रहेको ओडट फुड एण्ड बेभरेज प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दायर गरेको छ । 


घोराही सिमेन्ट प्रालि दाङले उत्पादन गर्दै आएको सगरमाथा सिमेन्टको उत्पादन र बिक्री पनि बन्द गरिदिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.