logo

आर्थिक वर्षको पहिलो महिना बीरगंज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

      8/17/2018 गते 00 00 मा प्रकाशित     1900   पटक पढिएको

वीरगन्ज १ भदौ । मुलुककै प्रमुख स्थल भन्सार कार्यालय वीरगन्ज/आईसिपीले साउन महिनाको राजस्व लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । 

 


कार्यालयले आर्थिक वर्षको ०७५/७६ को पहिलो महिनामा १२ अर्व ६१ करोड ८७ लाख  ९१ हजार रुपैया राजस्व संकलन गरेको छ । यो महिनामा राजस्व बिभागले दिएको लक्ष्य भन्दा ६० करोड ६३ लाख ८२ हजार बढी संकलन भएको भन्सारका सूचना अधिकारी सन्तोष यादवले बताए  ।

 

भन्सार बिभागले भने १२ अर्व १२ अर्व १करोड २४ लाख ९ हजार रुपैया राजस्व संकलनको लक्ष्य दिएको थियो । चालू आर्थिक बर्षमा वीरगन्ज÷आईसिपी भन्सार कार्यालयले संकलन गरेको राजस्व प्रतिशत भने १०५.०५ रहेको छ ।
गत बर्षको यही अवधिमा भन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेको थिएन ।

 

तर यस पटक  वीरगन्ज÷आईसिपी भन्सार कार्यालयले चालू आर्थिक बर्षको पहिलो महिनामै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक बर्षको पहिलो महिनामा  गत आर्थिक बर्ष २०७४/०७५ को यही अवधीमा वीरगन्ज भन्सार कार्यालयले आठ अर्ब ७२ करोड ३१ लाख आठ हजार राजस्व संकलन गरेको थियो । बिभागले दिएको लक्ष्यमा जम्मा ९२.७३ प्रतिशत राजस्व संकलन भएको थियो ।

 

भन्सार विभागले गत आर्थिक बर्षको यही अवधीको लागि नौ अर्ब, ४० करोड ७४ लाख ७० हजारको लक्ष्य दिएको थियो ।

 

चालू आर्थिक बर्षमा वीरगन्ज/आईसिपी भन्सार कार्यालयले १०५.०५ प्रशितले संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही महिनाको तुलनामा चालू आर्थिक बर्षको राजस्व संकलन ४४.६६ प्रतिशतले वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी यादवले बताए  ।

 

संकलित राजस्व मध्य चार अर्ब २६ करोड ३४ लाख ४४ हजार भन्सार महशुलबाट संकलन भएको छ । त्यस्तै मूल्य अभिवृद्धिकर तर्फ पाँच अर्ब ३६ करोड ६६ लाख १७ हजार राजस्व संकलन गरेको छ । अन्तः शुल्कतमा वीरगन्ज भन्सार कार्यालयले दुई अर्ब २५ करोड ७० लाख ४६ हजार राजस्व संकलन भएको छ ।

 

पूर्वाधार करतर्फ २२ करोड ९२ लाख २४ हजार रुपैंया संकलन गरेको छ । चालू आर्थिक बर्षको पहिलो महिनामै सवारी साधन तथा पेट्रोलियम पदार्थ नै बढी आयात भएकोले राजस्व संकलनमा पनि वृद्धि भएको सूचना अधिकारी यादवको भनाई छ ।      
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.