logo

उम्मेदवारको घरदैलो अभियान तीव्र

      5/6/2017 गते 00 00 मा प्रकाशित     1531   पटक पढिएको

भक्तपुर, २३ वैशाख । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै मध्यपुर थिमि नगरपालिकामा राजनीतिक दलहरुले चुनावी प्रचारलाई तीव्र पारेका छन् । चुनाव प्रचारका क्रममा कडा प्रतिस्पर्धामा रहेका काँग्रेस र एमालेले घरदैलो अभियान नै सुरु गरेका छन् । काँग्रेस र एमालेले घरदैलो अभियान सञ्चालन गरेर भोट माग्न थालेका छन् ।


मध्यपुर थिमिमा काँग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ भने एमाले र नेपाल मजदुर किसान पार्टीले तालमेल गरी संयुक्त प्यालन बनाएर उम्मेदवारी दिएका छन् । यसअघि सम्पन्न स्थानीय निकायको निर्वाचनमा एमालेभन्दा करिब ५०० मत बढी पाएर काँग्रेस विजयी भएको थियो ।


नगरप्रमुखका उम्मेदवार एमालेका मदनसुन्दर श्रेष्ठ र नगर उपप्रमुखका उम्मेदवार नेमकिपाका केदार खड्कासहितको टोलीले मध्यपुर थिमिमा घरदैलो अभियान तीव्र पारेको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट घरदैलो अभियान सुरु गरिएको नगरप्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।


जनताको समस्यालाई आत्मासात् गर्दै मध्यपुरको मुहार फेर्ने सङ्कल्पका साथ चुनावी मैदानमा उत्रिएको उहाँको भनाइ छ । काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार रहेका अष्टकुमार कवँेले कार्यकर्ता र समर्थकको टोलीसहित लोकन्थलीमा घरदैलो सकेर कौशल्टार र गठ्ठाघरमा घरदैलो अभियान सञ्चालन गर्नुभएको छ । विगतमा काँग्रेसले मध्यपुर थिमिमा विकासको लहर ल्याएको दाबी गर्दै कवेँले विकासका कार्यलाई निरन्तरता दिइने बताउनुभयो ।


मध्यपुर थिमि नगरपालिकामा नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत घरदैलो अभियान सुरु गरेका छन् । आफ्नो पार्टीले जनताको चाहनालाई पूरा गर्ने लक्ष्यका साथ घरदैलो अभियान सुरु गरेको माओवादी केन्द्रका नेता कृष्णलाल गोजाश्रेष्ठले बताउनुभयो ।


राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियान सुरु गरेर जनतासँग भोट माग्न थालेको राप्रपाका उपप्रमुखका उम्मेदवार नरगोविन्द शङ्खदेवले बताउनुभयो । राप्रपाले चाँगुनारायण नगरपालिकामा समेत घरदैलो अभियान सुरु गरेको सो नगरपालिकाका नगरप्रमुखका उम्मेदवार रबिन्द्र प्रताप शाहले बताउनुभयो ।


चाँगुनारायण नगरपालिकालाई आधुनिक नगरपालिकाको रुपमा विकास गर्दै लैजाने, नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने, आगामी १० वर्षभित्र स्मार्ट सिटी बनाउने, पूर्वाधारयुक्त नगरपालिका बनाउने लक्ष्यका साथ निर्वाचनमा होमिएको शाहको भनाइ छ ।


काँग्रेस चाँगुनारायण नगरपालिकामा घरदैलो अभियानलाई तीव्र पारेको नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले बताउनुभयो । यस्तै सूर्यविनायक नगरपालिकामा एमालेले घरदैलो अभियानलाई तीव्र पारेको छ । एमालेका नगरप्रमुखका उम्मेदवार वासुदेव थापाले सूर्यविनायक विकास, प्रविधि, आर्थिक वृद्धिदरको दृष्टिकोणले समृद्ध नगरपालिका बनाउने लक्ष्यका साथ घरदैलो अभियान थालेको बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.