logo

लोकतान्त्रिक फोरमको घोषणापत्रः स्थानीय निकाय उच्च प्रविधियुक्त

      5/7/2017 गते 00 00 मा प्रकाशित     1469   पटक पढिएको

काठमाडौँ, २४ वैशाख । नेपाल लोकतान्त्रिक फोरमले स्थानीय निकायलाई भौतिक सुविधासम्पन्न, आत्मनिर्भर र उच्च प्रविधियुक्त बनाउने अवधारणा ल्याएको छ । स्थानीय तह निर्वाचन–२०७४ को घोषणापत्र आज सार्वजनिक गर्दै लोकतान्त्रिक फोरमले गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिलाई शासनमुखी नभई सेवामुखी बनाउने प्रतिबद्धता जनाएको हो ।


विश्व प्रविधिमा आएको परिवर्तनसँगै स्थानीय तहलाई उच्च प्राविधिक सुविधा सम्पन्न बनाई जनताका सेवा चुुस्त र दुरुस्त बनाउने नीति लिएको फोरमले स्थानीय तहको कर्मचारी प्रशासनलाई समानुपातिक, समावेशी बनाउने घोषणापत्रमा उल्लेख छ ।


लोकतान्त्रिक समाजवादलाई मूल राजनीतिक दर्शन मानेर सङ्घीय र प्रदेशको जातीय जनसङ्ख्याको अनुपातमा समानुपातिक समावेशी शासन प्रणाली अवलम्बन गर्दै समानतामा आधारित समृद्ध आधुनिक नेपालको निर्माण गर्ने अठोट लिएको छ ।


“सङ्घीय र समानुपातिक समावेशी लोकतन्त्रको सुनिश्चितता–अधिकार, विकास र भ्रष्टाचारमुक्त प्रशासन हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित ल्याइएको घोषणापत्रमा तराई, मधेस, महाड र हिमाललाई जोड्न र भावनात्मक एकतालाई अझ बलियो र विश्वासिलो बनाउने तथा भ्रष्टाचारमुक्त जनमुखी प्रशासन बनाउने लक्ष्य लिइएको छ ।


सत्ताइस बुँदे घोषणापत्रमा उत्पादनमूलक विकास गरी रोजगारीको सिर्जना गर्ने, विदेश पलायनलाई निरुत्साहन, विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा प्रवाह, वैदेशिक लगानीको प्रोत्साहन, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रको विकासका लागि अवधारणा समेटिएको छ ।


त्यस्तै सडक सुविधा नपुगेको हिमाली र पहाडी क्षेत्रमा रञ्जुमार्ग, पूर्व–पश्चिम र उत्तर–दक्षिण जोड्ने सुरुङमार्ग निर्माणका लागि स्थानीय पूर्वाधार निर्माणमा लोकतान्त्रिक फोरमले प्रतिबद्धता जनाएको छ ।


उक्त घोषणापत्र सार्वजनिक गर्दै लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले तीन ठूला राजनीतिक दलले मुलुकको राजनीतिलाई बिगारेको भन्दै निर्वाचनबाट आफ्नो पार्टी ठूलो बनेर नेतृत्वदायी भूमिका खेल्ने दाबी गर्नुभयो ।


मुलुकको राष्ट्रिय राजनीतिलाई सही दिशा दिन आफ्नो पार्टीको नेतृत्वको आवश्यकता औँल्याउँदै उहाँले लोकतान्त्रिक फोरमले कुनै एउटा क्षेत्र, भू–भाग, जाति विशेष नभई तराई–मधेस, पहाड र हिमालका सबै जनताको आस्था बोक्ने पार्टीका रुपमा उदाउने बताउनुभयो ।


सो अवसरमा राष्ट्रिय जनता पार्टी, नेपाल पिपल्स पार्टी, युनाइटेड नेपाल रिपब्लिकन पिपुल्स पार्टी र शान्ति पार्टी नेपालका अध्यक्ष, पदाधिकारीसहितका नेता कार्यकर्ता नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरेका थिए ।


चारवटै पार्टीका अध्यक्ष क्रमशः नेत्रबहादुर लिम्बू, शेरबहादुर कार्की, धीरेन्द्र झा र देवीप्रसाद आचार्यले एकल जातीय अभिजात्य वर्गको एकाधिकार समाप्त गर्ने लक्ष्य लिएर गरिएको पार्टी एकीकरणले हिमाल, पहाड र तराईलाई एक सूत्रमा बाँध्ने अठोट लिएको बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.