logo

पर्सामा नेपाली कांग्रेसका विभिन्न उम्मेदवार सिफारिस, चुनावी माहोल तात्दै

 इसीमाना सम्वाददाता     २०८२ मंसिर २३ गते ०२: ३१ मा प्रकाशित     340   पटक पढिएको

वीरगंज । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनकालागि नेपाली कांग्रेस आन्तरिक रुपमा तयार हुदैछ । उसले आफ्ना उम्मेदवारको छनौटको प्रक्रिया हुरु गरेर कांग्रेस चुनावकोलागि तयार भएको सन्देश दिएको छ ।

 

 नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर १ २ , ३  र ४ का लागि उम्मेदवारहरूको प्रारम्भिक सूची सिफारिस गरेको छ। यससँगै, कांग्रेसको चुनावी गतिविधि तीव्र बनिरहेको छ र क्षेत्रीय कार्यसमिति बैठकले महत्वपूर्ण उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ।

पर्सा क्षेत्र नम्बर १

पर्सा क्षेत्र नम्बर १ का लागि नेपाली कांग्रेसले अनिल कुमार रुङ्टाको नाम मात्र सिफारिस गरेको छ। रुङ्टा संबिधान सभाका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुन ।

 

पार्टीको उधोग बिभागमा समेत रहेका रुङ्टा पार्टी सभापति शेर बहादुर देउवाका निकट मानिन्छन । समानुपातिक उम्मेदवारका लागि राजकृष्ण अमात्य, ईश्वरभक्त श्रेष्ठ, किरण सरकार, बुनेल राम, कसीमा खातुनको नाम सिफारिस गरिएको छ।

पर्सा क्षेत्र नम्बर २

नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फ तीन प्रमुख उम्मेदवार सिफारिस गरेका छन्। सोमबार सम्पन्न बैठकमा पूर्वमन्त्री अनजकुमार चौरसिया, पूर्वसांसद राजेन्द्र बहादुर अमात्य, र युवा नेता राकेश यादव को नाम सिफारिस भएको छ ।  

 


समानुपातिक उम्मेदवारमा गम्भीरा साह, राजनाथ ठाकुर, विद्या श्रेष्ठ, रुपा श्रेष्ठ, र जुनमाया बलको नाम पनि सिफारिस गरिएको छ। राष्ट्रिय सभा सदस्यका लागि भने हिरा साह कानु, सुखल हजरा, प्रेमचन्द्र दुबे, र कन्हैयालाल बानियाको नाम सिफारिस भएका छन्।

पर्सा क्षेत्र नम्बर ३

नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिको सोमबारको बैठकमा पर्सा क्षेत्र नम्बर ३ का लागि उम्मेदवारको सिफारिश सम्पन्न भएको छ ।  बैठकले पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी, जनार्दन सिंह क्षेत्री, शम्भु चौहान, असर्फी साह, र भगवती चौधरीको नाम सिफारिस गरेको छ। यसले संगठनको अनुभव र नयाँ पुस्ताबीचको प्रतिस्पर्धालाई स्पष्ट रूपमा दर्शाएको छ।

 

 विशेष गरी, सुरेन्द्र प्रसाद चौधरी र जनार्दन सिंह क्षेत्रीका बीचमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ, जसले क्षेत्रको चुनावी समीकरणलाई थप रोचक बनाएको छ।

समानुपातिक उम्मेदवारका लागि मुकेश कुर्मी, ध्रुव कुशवाहा, र मनोज यादवका नाम सिफारिस गरिएको छ। राष्ट्रिय सभा सदस्यका लागि भने ललन दुवेदी र सिन्धु मेहताको नाम पनि समावेश गरिएको छ। कांग्रेसभित्र आन्तरिक शक्ति(समीकरण र आगामी चुनावी रणनीतिको बारेमा नयाँ चर्चाहरू पनि सुरु भएका छन्।

पर्सा क्षेत्र नम्बर ४

नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ का लागि पूर्वमन्त्री रमेश रिजाललाई सर्वसम्मत रूपमा उम्मेदवारको रूपमा सिफारिस गरिएको छ। बैठकले यस निर्णयलाई पार्टीका लागि उपयुक्त उम्मेदवारको चयनको रूपमा मान्यता दिएको छ।

 

 क्षेत्रीय सभापति श्रीकान्तप्रसाद यादवले यस सिफारिसको घोषणा गरेका हुन र यस प्रक्रियामा प्रदेश सभा सदस्य शंकर चौधरी र प्रवक्ता रमेश पाण्डे जस्ता नेताहरूको सहभागिता रहेको बताए।

 

आन्तरिक प्रतिस्पर्धा र छानोट प्रक्रिया

नेपाली कांग्रेसका विभिन्न क्षेत्रीय समितिहरूले सिफारिस गरेका उम्मेदवारहरूलाई अन्तिम सूचीका लागि केन्द्रीय समितिमा पठाइने प्रक्रिया अघि बढाइएको छ।

 

 यो प्रक्रियाले कांग्रेसको आन्तरिक रणनीति र टिकट चयनमा स्पष्ट प्रतिस्पर्धा देखाउँछ। यससँगै, क्षेत्रीय स्तरमा उम्मेदवारहरूको छनोट प्रक्रिया निकै संवेदनशील बनेको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.