logo

राप्रपाको सिफारिस कार्यान्वयन नगर्न सर्वोच्चको निर्देशन,बिच्छाले पाइन राहत

 इसीमाना सम्वाददाता     २०८२ मंसिर २३ गते ०६: २८ मा प्रकाशित     315   पटक पढिएको

काठमाण्डौ । सर्वोच्च अदालतले मधेश प्रदेश सभा सदस्य कञ्चन बिच्छालाई पदबाट हटाउने राप्रपाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

 

 न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले दिएको आदेशमा बिच्छालाई प्रदेशसभा सदस्यको रूपमा नियमित काम–काज गर्न वञ्चित नगर्न उल्लेख छ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले बिच्छालाई पार्टीको निर्णय विपरीत सरकारले मन्त्री बनेको आरोप लगाउँदै पदमुक्त गर्न मधेश प्रदेशसभामा सिफारिस गरेको थियो।

 

तर सर्वोच्चले उनी स्वयंले पद त्याग नगरेको र उनीमाथि गरिएको अनुशासनात्मक कारबाही कानुनसम्मत छ कि छैन भन्ने विषयमा पछि परीक्षण हुने जनाएको छ। त्यसैले हाललाई बिच्छालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरिएको हो।

 

राप्रपाले अघिल्लो एमाले नेतृत्वको प्रदेश सरकारमा सरोजकुमार यादव मुख्यमन्त्री बनेपछि बिच्छाले पार्टी निर्देशन विपरीत वन तथा वातावरण मन्त्रीको जिम्मेवारी स्विकारेको भन्दै स्पष्टीकरण सोधेको थियो।

 

उनले  मन्त्रीबाट राजीनामा नदिएपछि राप्रपाले २७ कात्तिकमा उनलाई प्रदेशसभा सदस्यबाट हटाइदिन सिफारिस गरेको थियो।

पद खारेजीविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले मंगलबार बिच्छालाई अन्तरिम राहत प्रदान गरेको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.