logo

पर्सा क्षेत्र नं ३का पुराना बामपन्थी नेता गिरी एमालेमा समाहित, एमाले पंक्तिलाई पारे उत्साहित

 इसीमाना सम्वाददाता     २०८२ फागुन २ गते ०६: ५७ मा प्रकाशित     150   पटक पढिएको

वीरगञ्ज ।  पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा पुराना बामपन्थी नेता प्रहलाद गिरीको एमालेमा आगमनले राजनीतिक बृतमा खास अर्थ राखेको छ ।

 

मधेश प्रदेशका पूर्व सदस्य समेत रहेका गिरीले तानाशाही पंचायती शासन ब्यवस्थाको अन्त्यकालागि प्रतिबन्धित तत्कालीन नेकपा मालेबाट आफनो राजनीति यात्रा प्रारम्भ गरेका थिए ।

 

पर्सेली कम्युनिष्ट आन्दोलनका पहिलो पुस्ताका नेता गिरीको एमाले आगमनले एमाले पंक्तिलाई उत्साहित बनाएको छ ।

May be an image of one or more people and temple
पर्साको पोखरीयामा आयोजित एक कार्यक्रममा गिरीले औपचारिक रूपमा पार्टी प्रवेश गर्दै आफूले पुनः वैचारिक स्पष्टता र संगठनात्मक अनुशासनलाई आत्मसात गरेको बताए। उनले विगतको अनुभवलाई आगामी निर्वाचनमा पार्टीको पक्षमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताले गिरीलाई टीका र खादा लगाएर स्वागत गरेका थिए। स्थानीय तहदेखि प्रदेशस्तरसम्मका नेताहरूको सहभागिताले कार्यक्रमलाई चुनावी रणनीतिसँग जोडिएको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

 

पर्सा–३ बाट प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश  पाण्डेको निवाृचन अभियानलाई  गिरीको पुनरागमनले थम हौसला प्रदान गरेको उम्मेदवार पाण्डेको भनाई छ ।  

 

गिरीसँगै बिन्दवासिनी गाउँपालिकाका युवा नेता रमेश साहसहित विभिन्न दल परित्याग गरेका नेता–कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गरेका छन्।

 

कार्यक्रममा संबिधान सभा सदस्य तथा पोखरिया नगरपालकिाका प्रमुख प्रधुमन चौहान, मधेस प्रदेश सदस्य विजय चौरसिया, जिल्ला कमिटी उपाध्यक्ष मनोज गुप्ता,  लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

 

पर्सा–३ मा चुनावी माहोल दिनप्रतिदिन तातेका बेला एमालेले संगठनात्मक एकता, पुराना नेताको पुनरागमन र युवा नेतृत्वको संयोजनलाई मुख्य रणनीति बनाएको देखिन्छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.