logo

प्रमाण सहित पुष्टि गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई पर्सा कांग्रेसको चुनौती, प्रधानमन्त्रीलाई बुझायो ज्ञापन

वीरगंज । नेपाली कांग्रेस पर्साले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई कारवाहीको माँग गर्दै पर्साको प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ ।

२०८२ बैशाख १४

स्रोत नखुलेको  ३२ लाख ३५ हजार रुपैयाँसहित  एक भारतीय नागरिक पक्राउ

मलंगवा । प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–६, खुटौनाबाट स्रोत नखुलेको ३२ लाख बढी रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।

२०८२ बैशाख १४

कांग्रेस साँंसद राईलाई अनुसन्धानकालागि तीन दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

२०८२ बैशाख १४

बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको छः प्रधानमन्त्री केपी शर्मा ओली

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताएका छन् ।

२०८२ बैशाख १३

राष्ट्रीय परिचय पत्र बनाउन स्थानीय प्रशासनले गर्यो यस्तो प्रवन्ध ,जिल्लाका ४ ठाउँमा केन्द्र खुल्ने

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचय पत्र बनाउनकालागि नयाँ केन्द्रहरु तोकेको छ ।

२०८२ बैशाख १२

विष सेवनबाट तीन सन्तान सहित आमाको निधन

जनकपुरधाम । विष सेवान बाट तीन वालिकाको मृत्यु भएको चार दिन पछि आमाको पनि मृत्यु भएको छ ।  धनुषाको सहिद नगरपालिका–५ यदुकोहामा विष सेवनवाट गत सोमबार तीन बालबालिकाको मृत्यु भएको थियो  ।

२०८२ बैशाख १२

मकवानपुरगढीमा यात्रुबाहक गाडी दुर्घटना,२ जनाको मृत्यु

मकवानपुर । कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी गाउँपालिका २, धरमपानीमा विद्युतीय सवारी (इभी) दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

२०८२ बैशाख ५

सशस्त्र प्रहरीले २१ लाख बराबरको सामान आवश्यक कारवाहीकालागि भन्सार बुझायो

वीरगंज । सशस्त्र प्रहरीले २१ लाख बराबरको जुत्ता,काजु र मरिच आवश्यक कारवाहीकोलागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

२०८२ बैशाख ४

अवस्था सामान्य भएपछि स्थानीय प्रशासनले वीरगंजमा लगाएको निषेधाज्ञा हटायो

वीरगन्ज । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटाएको छ । बैशाख ५ गते बिहान ७ बजेदेखी लागु हुने गरि निषेधाज्ञा हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा उल्लेख छ ।

२०८२ बैशाख ४

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

२०८२ बैशाख ४

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।

२०८२ बैशाख ४

सामाजिक सद्भाव र शान्तिका लागि सबै पक्षसँग राजनीतिक दलको अपिल

वीरगन्ज । धार्मिक एवम् सामुदायिक सद्भाव कायम गर्न पर्साका राजनीतिक दलहरुले अपिल गरेका छन् ।

२०८२ बैशाख ३

सदभाव भड्काएको आरोपमा पक्राउ परेकाहरुलाई  ६ दिन न्यायीक हिरासतमा राख्न अदालतको आदेश

वीरगन्ज । सामाजिक सदभाव बिथोल्ने आरोपमा पक्राउ परेकाहरुलाई अनुसनधानकालागि प्रहरीले अदालतबाट म्याद थप गराएको छ ।

२०८२ बैशाख ३

कांग्रेस महामन्त्री थापाद्वारा सरकारको तिब्र आलोचना, भन्छन कांग्रेस सरकार अदलबदलमा भने लाग्दैन

वीरगंज। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस नेकपा एमालेसँगको सहमतिमा प्रतिबद्ध रहेको बताएका छन ।

२०८२ बैशाख ३

यौन दुर्ब्यहारको आरोप लागेका  डा.झा माथि अनुसन्धान गर्दै काठमाण्डौ प्रहरी

काठमाण्डौ ।   मधेस प्रदेशका पूर्व प्रमुख डा.राजेश झा (अहिराज) विरूद्ध काठमाण्डौ जिल्ला अदालतले पक्र ाउ पूर्जीे जारी गरेको छ ।

२०८२ बैशाख ३

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.