वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले कोरोना भाईरस संक्रमण (कोभिड–१९) विरुद्धको खोपका लागि वीरगन्जलाई प्राथामिकतामा राख्न माग गर्नुभएको छ ।
आफूलाई संचारकर्मी र सामाजिक अभियन्ता भन्न रुचाउने २४ वर्षिय सौरभ साहलाई पर्सा प्रहरीले गिरफ्तार गरेको छ ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा लगाइएको निषेधाज्ञालाई जेठ ३० गतेसम्म निरन्तरता दिइने भएको छ ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेता माधवकुमार नेपालप्रति खनिनु भएको छ ।
पत्रकारहरुलाई स्वास्थ्य समाग्री बाडदै हिडेको प्रदेश २ को मिडिया काउन्सिल र आम संचार प्राधिकरणको टोली निजगढबाट जनकपुर फर्किएको छ ।
पर्सा जिल्लामा पाँचौ पटन ािषेधाज्ञा पटक थपिएको छ । बैशाख १६ गतेदेखि जिल्लामा जारी निषेधाज्ञालाई आज पाँचौं पटकको लागि थपिएको हो ।
सरकारले सबै नागरिकलाई सहज रुपमाखोप उपलब्ध गराउन नसकेपछि स्थानीय तह र निजीक्षेत्रले खोप खरिदको अनुमतिमाग गरेको छ ।
मंत्रीपरिषदको सिफारिशमा राष्ट्रपतीले नागरिकता अध्यादेश २०७८ जारी गरेपछि तराई मधेशमा त्यसको स्वागत गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्नु भएको छ ।
संघीय सरकारले संविधानमा भएको परिकल्पना बमोजिम आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ ।
प्रभू अस्पताल बीरगंजले एक बिज्ञप्ति जारी गर्दै अस्पतालका बारेमा सामाजिक संजाल र संचार माध्यममा आएका टिप्पणी प्रति आफनो ध्यानाकर्षण भएको जनाएको छ ।
वीरगन्ज महानगरपालिकाले नारायणी अस्पतालमा स्थापना गर्न लागेको स्वचालित अक्सिजन प्लाण्टको योजना स्थगित भएको जनाएको छ ।
पर्सामा जारी निषेधााज्ञाको अवधि जेठ १३ गतेसम्म लम्बिने भएको छ । बुधवार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई चौथोपटक लम्ब्याउँन पर्सा प्रमुख जिल्ला अधिकारीलाई सिफारिश गर्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकारहरुको उपचार तथा राहतकालागि कोष निर्माण गर्ने निर्णय गरेको छ ।
बीरगंजको नारायणी अस्पतालमा उपचारकालागि भर्ना भएका कोभिड संक्रमीतलाई जनशक्ति अभावमा आवश्यक सेवा दिन नसकिएको अस्पतालले जनाएको छ ।
कोभिड एक्सन टीम बीरगंजले आम नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोभिड एक्सन टिमको आज बसेको बैठकले यस्तो आग्रह गरेको हो ।
पर्सा प्रहरीले बुधबार ८२ लाख ५० हजार सहित चारजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।
कोरोना भाइरसको संक्रमणको “चेन” तोड्ने भन्दै बैशाख १६ गते देखी जारी निषेधाज्ञा थप एक साता लम्ब्याउन पर्साको डीसीसीएसीले सिफारिश गरेको छ ।
नेपाल पत्रकार महासंघले नागरिकको जीवन बचाउनका लागि प्रभावकारी ढंगले प्रस्तुत हुन सरकारलाई आग्रह गरेको छ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थपिएको छ। मंगलबार सम्पन्न उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारी को संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्ने निर्णय गरेको हो।