प्रदेश २ मा १३६ मध्ये १०५ स्थानीय तहले मात्रै निर्धारित समयसीमाभित्र आर्थिक वर्ष ०७८र०७९ को बजेट प्रस्तुत गरेका छन् ।
लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पस, सेन्ट्रल सिटी, जय गहवामाई र इनिसिएटिभको लायन वर्ष २०२१/२२ का लागि निर्वाचित कार्यसमितिका पदाधिकारीहरुको संयुक्त रुपमा पदस्थापन सम्पन्न भएको छ । वीरगंजको दियालो लर्ड्स प्लाजा होटलमा पदस्थापना सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा अोलीले विस्तार गरेको मन्त्रिपरिषदलाई तत्काल काम नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
पटेर्वा सुगौली गाउँपालिकामा उपाध्यक्ष ममता महतोका कारण कर्मचारीहरुमा त्रास उत्पन्न भएको छ ।
पर्सामा आफैंले बोकेको राइफल पड्केर घाइते भएका सेनाका जवान श्यामबाबु प्रसाद चौहानको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
पर्सामा गत बैशाख १६ देखी जारी रहेको निषेधाज्ञा खुकुलो भएको छ । बिहान १२ बजे सम्म संचालनमा रहेका पसलहरु अव असार ७ गते देखी बेलुका पाँच बजे सम्म खुल्ला रहने छन ।
बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यू भएको छ । घटनामा चार मजदुर घाइते भएका छन् ।
नेपाल रक्तसंचार केन्द्रको आधुनिक भवन निर्माणकालागि बीरगंज महानगरपालिकाले जमिन उपलब्ध गराएको छ ।
सत्ता समीकरणको सवाललाई लिएर फुटको संघारमा पुगिसकेको जनता समाजवादी पार्टी (जसपा) को विवाद नयाँ मोडमा पुगेको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साले असारअसार ६ गते राती १२ बजे सम्मकालागि निषेधाज्ञाको अवधि थप गर्न पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिश गरेको छ ।
सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।
नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्थनीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले केही मान्छेहरुरुलाई नियन्त्रणमा लिएर साँझ सम्झाई बुझाई छाडेको छ ।
प्रदेश २ सरकारमा काँग्रेसबाट नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
वीरगंज उद्योग वाणिज्य सङ्घले वीरगंज पथलैया औद्योगिक करीडोरमा कार्यरत १ लाख २५ हजार भन्दा बढी मजदुर कर्मचारीहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सरकार सँग माग गरेको छ ।
युनिसेफको सहयोगमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाद्वारा संचालित कार्यक्रम कोभिड१९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत जगरनाथपुर गाउपालिकामा एक दिने गाउपालिका स्तरीय समन्वय बैठक सम्पन्न भएको छ ।
पार्टी विभाजनको सङ्घारमा पुग्नै लाग्दा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताको लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सार्नुभएको छ ।
माहामारीको बेलामा पत्रकारहरु , संचार माध्यम र आचार संहिता पालनको अवस्थाको बिषयमा प्रदेश २ का पत्रकारहरुकावीमा भर्चुल अन्तरक्रिया सम्पन्न भएको छ ।
विद्यालयमा विद्यार्थीहरु टिकाउनकालागि सरकारले सबै सरकारी विद्यालयमा दिवा खाजाको सुविधा दिएको छ ।
पर्साको ठोरी गापा ५ , सुवर्णपुरका हरेराम खड्काले सगरमाथा आरोहण गर्नुभएको छ। खड्काले गत मङ्गलबार बिहान १० बजे सगरमाथा आरोहण गर्न सफल हुनुभएको हो।