logo

निष्काशनबारे उपेन्द्र यादवको ध्यानाकर्षण

      5/7/2017 गते 00 00 मा प्रकाशित     1090   पटक पढिएको

काठमाडौँ, २४ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय गठबन्धनका नामबाट आएको प्रेस विज्ञप्तिप्रति आफ्नो र आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाउनुभएको छ ।


उहाँले संघीय गठबन्धनको संयोजक तथा फोरमका अध्यक्षको हैसियतबाट आज प्रकाशित गर्नु भएको विज्ञप्तिमा भनिएको छ, “सङ्घीय गठबन्धनको संयोजक म स्वयम् रहेको र मेरो सल्लाहमा उक्त दिन कुनै पनि बैठक आयोजना नभएको कुरा यहाँ अवगत गराउन चाहन्छु । म संयोजक र प्रवक्ता प्रा डा ओम गुरुङलगायत गठबन्धनका अधिकांश बहुमत सदस्यलाई कुनै जानकारी नै नदिई व्यक्तिगतरुपमा आयोजना भएको कथित बैठक सङ्घीय गठबन्धनको बैठक हुनै सक्दैन ।”


गठबन्धनको अवधारणा पत्रको मर्म, भावना र आचारसंहिता विपरीतको बैठकले सङ्घीय गठबन्धनको बैठकको वैधानिकता प्राप्त नहुने भन्दै उहाँले आफूलाई निष्काशन गरिएको भन्ने गठबन्धनको निर्णय आधिकारिक नभएर व्यक्तिगत निर्णय मात्र भएको विज्ञप्तिमार्फत जिकिर गर्नुभएको छ ।


उहाँले विज्ञप्तिमा महन्थ ठाकुरका नामबाट आएको उक्त प्रेस विज्ञप्ति राजनीतिक झूठको खेतीका साथै राजनीतिक बेइमानी र निन्दनीय काम भएको पनि उल्लेख गर्नुभएको छ ।


सङ्घीय गठबन्धनका सबै घटक कथित प्रेस विज्ञप्तिको भ्रममा नपरी परिस्थितिको मूल्याङ्कन र आगामी कार्यभारबारे निर्णय गर्न एकीकृत भई छलफलमा रहनका साथै पार्टी पङ्क्तिलाई पनि भ्रमको पर्दाफास गर्दै दृढतापूर्वक क्रियाशील रहन पनि उहाँले आह्वान गर्नुभएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.