logo

हाफ म्याराथनमा महतो प्रथम

      3/11/2017 गते 00 00 मा प्रकाशित     6289   पटक पढिएको

बीरगंज २८ फाल्गुन । नारीको सहभागीता, खेलकुदमा अग्रता’ भन्ने नाराको साथ वीरगंजमा हाफ म्याराथन २०१७ सम्पन्न भएको छ ।
वीरगंज जेसीज, पहल नेपाल र नयाँ नेपाल सेवा केन्द्रकोले नारीहरुको मात्र सहभागिता रहने गरि हाफ म्याराथनको आयोजना गरेको हो ।  म्याराथनमा वीरगंजका विभिन्न विद्यालयहरुको ६० जना छात्रहरुको सहभागिता रहेको थियो ।१०७ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको हाफ म्याराथनमा सेन्टजेभियर्स सेकेन्ड्री स्कुल कक्षा ७ मा पढ्ने स्नेहा महतो प्रथम, कन्या माध्यमिक विद्यालय कक्षा ७ की सुरेखा पटेल द्वितिय र कन्या माध्यमिक विद्यालय कक्षा ७ की ज्योती कुश्वाहा तितृय हुनुभएको छ  । विजेता सबैलाई डाक्टर लक्ष्मी थापा गुप्ताले ट्रफि प्रदान गर्नु भएको थियो ।  महिलालाई खेलकुदमा समेत सहभागिता गराउने उदेश्यका साथ आयोजना गरेको कार्यक्रममा वीरगंजको जि.एच.पि, डि.ए.भी, विद्यापीठ सेकेन्ड्री स्कुल, पन्नालाल मा.वि, त्रिजुद्ध मा.वि, त्रिभुवन मा.वि लगायत स्कुलका छात्रहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा समाजसेवी मधु राणा, उषा साह, डा. मनोज गुप्ता, डा.सुष्मा द्विवेद्वी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वीरगंज जेसीजका अध्यक्ष मनिष श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो कार्यक्रमको संचालन पहलका दीलीप कार्कीले गर्नु भएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.