logo

हाफ म्याराथनमा महतो प्रथम

      3/11/2017 गते 00 00 मा प्रकाशित     7208   पटक पढिएको

बीरगंज २८ फाल्गुन । नारीको सहभागीता, खेलकुदमा अग्रता’ भन्ने नाराको साथ वीरगंजमा हाफ म्याराथन २०१७ सम्पन्न भएको छ ।
वीरगंज जेसीज, पहल नेपाल र नयाँ नेपाल सेवा केन्द्रकोले नारीहरुको मात्र सहभागिता रहने गरि हाफ म्याराथनको आयोजना गरेको हो ।  म्याराथनमा वीरगंजका विभिन्न विद्यालयहरुको ६० जना छात्रहरुको सहभागिता रहेको थियो ।१०७ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको हाफ म्याराथनमा सेन्टजेभियर्स सेकेन्ड्री स्कुल कक्षा ७ मा पढ्ने स्नेहा महतो प्रथम, कन्या माध्यमिक विद्यालय कक्षा ७ की सुरेखा पटेल द्वितिय र कन्या माध्यमिक विद्यालय कक्षा ७ की ज्योती कुश्वाहा तितृय हुनुभएको छ  । विजेता सबैलाई डाक्टर लक्ष्मी थापा गुप्ताले ट्रफि प्रदान गर्नु भएको थियो ।  महिलालाई खेलकुदमा समेत सहभागिता गराउने उदेश्यका साथ आयोजना गरेको कार्यक्रममा वीरगंजको जि.एच.पि, डि.ए.भी, विद्यापीठ सेकेन्ड्री स्कुल, पन्नालाल मा.वि, त्रिजुद्ध मा.वि, त्रिभुवन मा.वि लगायत स्कुलका छात्रहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा समाजसेवी मधु राणा, उषा साह, डा. मनोज गुप्ता, डा.सुष्मा द्विवेद्वी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वीरगंज जेसीजका अध्यक्ष मनिष श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो कार्यक्रमको संचालन पहलका दीलीप कार्कीले गर्नु भएको थियो ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.