logo

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

      12/4/2019 गते 00 00 मा प्रकाशित     3872   पटक पढिएको

बीरगंज  १८   मङसीर। आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ।

पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका पिपडारीका ४८ वर्षिया  रामरती मलाहले  बुधबार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरि आफुले न्याय नपाएको आम संचार क्षेत्रलाई आवाज उठाइदिन आग्ह गर्नु भएको छ । 


घटना मङसीर ११ गते बुधबारको दिन रातिको करिब १२ बजे  आसपासको हो ।  म मेरो छोरा, बुहारी र नातिनी सबै सुतेको बेला जगरनाथपुर गाउँपालिका वडा नं.४ घर भएकाअतिकरिम मिया जोर जर्वजस्ती घरमा पसेको  उहाँले बताउनु भयो ।

 

गलत नियतले प्रबेश गर्ने मियाँलाई घर परिवारका सदस्यहरुले होहल्ला गरेर प्रतिरोध गरे पछि स्थानीयहरुको सहयोगमा प्रहरीलाई बुझाइएको थियो ।

तर भोलि पल्ट नै प्रहरीले विना कारवाही छोडेको भन्दै पीडित महिलाले पत्रकार सम्मेलनमा दुःखेसो पोख्नु भयो ।

गिरफ्तार गरिएका मिया सोही गाउँपालिकाका प्रमुख जालिम मिया चढने मोटरका चालक हुन । मियाले उनलाई आफनो जमानीमा भोलीपल्टै हिरासतमुक्त गराएका गराउनु भएको थियो ।

 

भोली पल्ट उजुरी लिएर जाँदा प्रहरीले  अतिकरिम मियालाई छोडेको थाहा पाएका पीडितले आफू अन्यायमा परेको अनुभव गर्न बाध्य भएको बताउनु भयो । 

 श्रीमान बाहिर, दुई अरु छोराहरु पनि बाहिर भएको अवस्थामा ईज्जत् लूटने, चोरी डकैत गर्ने र ज्यानमार्ने समेतको उदेश्यले आएको हुन सक्ने त्यस्तो मान्छेलाई कारवाही बिना उन्मुक्ति दिइएकोमा आफ्नो चित्त दुःखेको उहाँले बताउनु भयोे । प्रहरीले यसो गरेर कानूनी शासनको खिल्ली उडाएको उहाँले टिपपणी गर्नु भयो ।


पत्रकार सम्मेलनमा पीडित रामरति मलाह, जलेसिया देवी, फुलमति देवी लगायत ६ जना महिलाको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.