जगरनाथपुर। भारत–नेपाल सीमा क्षेत्रको हनुमान गली नजिकबाट सशस्त्र सीमा बलले १ हजार थान एलडीजेसीक पी ट्याब्लेट बरामद गरेको छ। ट्याब्लेटसहित नेपालका ७५ वर्षीय एक नागरिकलाई नियन्त्रणमा लिइएको छ।
वीरगञ्ज । बहुविवाह मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरी अदालतमा दाखिला गरेको छ।
सिरहा। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ५ कल्याणपुरबाट ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित एक जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगन्ज । पर्साको वीरगन्जमा भारतबाट भन्सार छली गरी भित्र्याइएका २० लाख ९० हजार रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ।
वीरगंज । वीरगंजको मितेरी पुलमा सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं । अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले पर्साका विभिन्न सीमा क्षेत्रमा भन्सार छली नेपाल भित्र्याइएका कपडा, इलेक्ट्रोनिक सामान, औषधि तथा बालुवा उत्खननमा प्रयोग भएको ट्रयाक्टरसहित करिब २६ लाख २५ हजार ७ सय १० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली स्टिकर तथा ब्राण्ड प्रयोग गरी म्याद गुज्रिएका र गुणस्तरहीन खाद्य सामग्री बिक्री–वितरण गर्ने व्यक्तिहरूलाई पक्राउ गरेको छ।
वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा अदालतबाट १९ वर्ष कैद र १ लाख १० हजार रुपैयाँ जरिवाना तोकिएका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
सीमरा। प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ स्थित भित्री सडकखण्डबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
वीरगञ्ज । पर्सा प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको २० लाख रुपैयाँभन्दा बढी मूल्यको खाद्यान्न तथा विभिन्न किसिमका औषधि बरामद गरेको छ।
वीरगन्ज । पर्सामा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले १५४ ग्राम लागुऔषध हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
लालबन्दी । सर्लाही प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानमा परिचालित प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ।
वीरगञ्ज । बारामा चक्कु प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
राजविराज । सप्तरीमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले २१ क्विन्टल ३७ ग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका–५ सबैठवामा गाईभैँसीको भुसा राख्ने गोठमा लुकाएर राखिएको अवस्थामा सशस्त्र प्रहरीले १० लाख ५८ हजार ५४० बराबरको विभिन्न किसिमका कपडा बरामद गरेको छ।
वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १० वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।