logo

पाँचदूंदे सहमतीसंगै बिवाद सुल्झियो,कर्फ्यू रहित नयाँवर्ष वीरगंजवासीको अपेक्षा पुरा हुने

 इसीमाना सम्वाददाता     २०८१ बैशाख ३१ गते ०७: ४९ मा प्रकाशित     1248   पटक पढिएको

वीरगन्ज । वीरगन्जमा दुइ समुदायवीच उत्पन्न विवाद सुल्झिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा  ११ घन्टा चलेको  बैठक पश्चात  विवाद सुल्झिएको हो ।

विभिन्न ५ बुदे निर्णय गर्दै विवादको समाधान गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

उनका अनुसार बैठकले घटनाका दोषीलाइ पहिचान गरी २४ घन्टाभित्र कानुनी दायरामा ल्याउने निर्णय गरेको छ ।

यसैगरी घटनामा घाइते भएकाहरुलाइ निशुल्क उपचारको व्यवस्था मिलाउने, कुनैपनि सामुदायिक पर्वमा कसैले हातहतियार प्रदर्शन गर्न नपाउने, मदर्सासहितका धार्मिकस्थलहरुमा हुने पढाइको अनुगमन गर्ने तथा घटनाका दोषीलाइ कारबाही गर्दा कुनैपनि राजनीतिक दलबाट हस्तक्षेप नहुनेसहितको सहमति भएको प्रजिअ अर्यालले जनाए ।

हिजोदेखि वीरगन्ज आसपासमा लगाइएको कर्फ्युबारे भने साँझमा निर्णय लिइएने जिल्ला प्रशासन कार्यालयले पर्साले जनाएको छ । सहमती पछि कर्फ्यू खुकुलो गरिएको छ । उत्तर तर्फ पावरहाउस सम्म आवागमन खुकुलो परिएको छ । ०८२ सालको पहिलो दिन वीरगंजबासीको कर्फ्यूरहित नयाँवर्षको अपेक्षा भने पुरा हुने सहमतीले संकेत गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

५८ जनाले गरे रक्तदान, राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लबलाई , रेडक्रस पर्साले दियो धन्यवाद

वीरगञ्ज । वीरगञ्जमा राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा वीरगंजमा ५८ जनाले रक्तदान गरेका छन्।

सडकका खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित तार हटाउन मानगर तात्यो

वीरगञ्ज । सडक विस्तारका क्रममा वीरगञ्ज महानगरपालिकामभित्र देखिएका खाल्डाखुल्डी र अव्यवस्थित बिजुलीका तार व्यवस्थापनको काम तीव्र पारिएको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.