logo

इन्टेग्रीटी आइकन नेपाल २०२३ बाट थापा सम्मानित

 इसीमाना सम्वाददाता     २०८० पौष २८ गते ०८: ३८ मा प्रकाशित     2231   पटक पढिएको

काठमाण्डौं /  इन्टेग्रीटी आइकन नेपाल २०२३ बाट यस वर्षका पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित भएका छन् । सम्मानित हुनेमा महिला तथा बालबालिका विभागका उपसचिव, नीरा अधिकारी, जिल्ला प्रशासन कार्यालय, झापाका प्रशासकीय अधिकृत, प्रतिक राई, मनमैजु माध्यामिक विद्यालय, तारकेश्वर, काठमाण्डौका प्रधानाध्यापक, रिबना महर्जन, शितोष्ण बागवानी विकास केन्द्र, मार्फा मुस्ताङका बागवानी विकास अधिकृत, पद्मनाथ आत्रेय र नारायणी अस्पताल, बीरगञ्जका अस्पताल नर्सिङ निरिक्षक, हेमा थापा रहेका छन् । २५० जनाको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रशारण १० हजार भन्दा बढी व्यक्तिले हेरेका थिए।

पाँच जना आईकन सार्वजनिक भईसकेपछि उनिहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुका साथै जिल्ला स्थित सञ्चाल पनि परिचालन गरिएको थियो । सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाईटलबाट अवार्ड गरिएको थियो।

 

जस अन्तरगत, नीरा अधिकारी”Integrity with Inspiration”, प्रतिक राई”Integrity with Excellence”, रबिना महर्जन”Integrity with Courage”, पद्मनाथ आत्रेय”Integrity with Humility” , र हेमा थापा “Integrity with Compassion” टाईटलबाट सम्मानित भएका थिए।

को हुन ? सम्मानीत मध्यकी एक हेमा थापा
अस्पताल नर्सिङ निरिक्षक, नारायणी अस्पताल, बीरगंज

अध्ययनमा समान्य हेमाको चाहना नसिङ पढने थियो तर उनका माता पिता भने छोरी चिकित्सक वा इन्जिनियर बनीदिए हुनथ्यो भन्ने चहाना रख्थे । अनोकै प्रतिकूलता थिए । समाजिक परम्परा र मान्यताहरु थापाको नर्स बन्ने चाहनाको प्रतिकूल थियो । तर उनका दाईले बहिनीको भावना बुझे र प्रतिकूल परिवारिक वतावरणलाई उनको अनुकुल बनाईदिए ।

उनको नर्स बन्ने चाहना पुरा भयो । थापाले २०५२ मा सेवा प्रवेश गरिन । नारायणी अस्पतालको सेवाकालीन अवस्था देखी अहिले सम्म थापाको पहिचान इमान्दार, कर्तब्यपरायण र साहसी नर्सको रुपमा स्थापित भएको छ ।

नारायणी अस्पतालमा थापाले जिम्मेवारी पाएका हरेक सेक्सन ( निकाय ÷ शाखा) निकै गतिशिल बन्ने गरेका छन । अस्पतालले उनलाई ०७४ सालमा एनआइसीयूको इन्चार्ज बनायो ।

त्यहाँ पनि उनले आफ्नो क्षमतालाई प्रमाणित गरिन् । उनले सरकारी मापदण्द पूरा हुने गरि २ वर्षमा अक्सिजन पाइपलाइन देखि लिएर कंगारु आमा हेरचाह इकाई सम्म स्थापना गराएर एनआइसीयूमा हुनुपर्ने सबै मापदण्ड पूरा गरिन् । एनआइसीयू बिभाग पाँच बेडबाट स्तारोनात्ति भएर दस बेडको भयो ।


२०७८ साल माघ महिना देखि हेमा एकद्वार संकट व्यवस्थापन केन्द्रको फोकल पर्सनको जिम्मेवारी पाइन । थापाले जिम्मेवारी पाउनु भन्दा पहिला केन्द्रका बारेमा स्टेक होल्डरहरुले पनि पत्तो पाएका थिएनन । तर अहिले हिंसा परेका महिलाहरुको संरक्षणमा केन्द्रले राम्रो काम गरेको छ । थापाले केन्द्रले दिने सेवा बारेमा जानकारी लिइन । सञ्चालन कार्यविधि र मापदण्ड तयार गरिन् ।

आफू मातहतका कर्मचारीलाई पनि सिकाउदै गईन् । एउटा साँघुरो कोठामा सिमित, नाम मात्रको केन्द्रलाई चलायमान बनाईन् । अहिले केन्द्र पीडिामा परेका महिलाहरुको आशाको केन्द्र बनेको छ ।

उनले नेतृत्व लिएको ७ महिनामा बीरगञ्ज अस्पताल स्थित एकद्वार संकट व्यवस्थापन केन्द्रले पुरा गर्नुपर्ने सरकारले तोकेको मापदण्ड पुरा गर्यो ।

 भिडकालमा हेमाको सक्रियता निकै प्रभावकारी थियो । कोभिडको समयमा उनि दिनरात अस्पतालमै हुन्थिन् । आफन्तले उनको जिम्मेवारीलाई जिद्दी ठानेका थिए । तर परिवारले सधै साथ दियो । श्रीमान उनले ड्युटी जानुपर्छ भन्दा पुर्याउन तयार हुन्थे । उनलाई आफ्नो ज्यान भन्दा पनि जिम्मेवारी प्रतिको बफादारिता महत्वपुर्ण लाग्यो ।

कोभिड विरुद्धको पहिलो सुई कसैले लिन मानेका थिएनन् । यसमा पनि हेमा नै अगाडी सरिन् । धेरैले त उनलाई आत्महत्या गर्न जानथालि भने । उनलाई कसले के भन्छ भन्नेमा कहिल्यै पर्वाह भएन । पाएको जिम्मेवारी ईमानदारिता पुर्वक पुरा गर्न सक्ने उनको बिशेषता हो ।


सालनालबाट चल्ने बायो ग्याँस बनाउने परियोजनाको परिकल्पनाकार उनै हुन । उनै यो प्रस्ताव अस्पताल प्रशासनलाई सुझाएकी थिइन । उनी बिरामीको सेवामा समर्पित नर्स हुन । नर्सिङ पेशाको मर्मलाई ब्यहारमा उतार्न हरपल प्रतिवद्ध हुने उनै हेमा यस पटकको   “Integrity with Compassion” टाईटलबाट सम्मानित भएकी हुन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

५८ जनाले गरे रक्तदान, राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लबलाई , रेडक्रस पर्साले दियो धन्यवाद

वीरगञ्ज । वीरगञ्जमा राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा वीरगंजमा ५८ जनाले रक्तदान गरेका छन्।

सडकका खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित तार हटाउन मानगर तात्यो

वीरगञ्ज । सडक विस्तारका क्रममा वीरगञ्ज महानगरपालिकामभित्र देखिएका खाल्डाखुल्डी र अव्यवस्थित बिजुलीका तार व्यवस्थापनको काम तीव्र पारिएको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.