logo

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

      3/28/2018 गते 00 00 मा प्रकाशित     7049   पटक पढिएको

बीरगंज १५ चैत ।
दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ । दाइजो नदिइएकै कारण हत्या गरिएकी चेलीको स्मृतिमा दाइजो बिरोधी संस्था स्थापना गर्ने काम शुरु गरिएको अभियान्ता प्रकाश थारुले बताए ।

२०१६ अक्टोवर १७ तारिखमा पर्साको धोविनी गाउँपालिका वडा नं ५ धोवीनी माइत भएकी रजीया अहमदको दाइजो नदिएकै कारण भारतको दिल्लीमा उनको हत्या भएको थियो ।

 

परिवारका सदस्यहरु मिलेर उनको हत्या गरेको भन्दै दिल्ली प्रहरीले अनुसन्धान गरेको छ  ।

 

हत्या आरोपमा रजीयाका पति प्रहरीको हिरासतमा छन । तिनै रजीयाको स्मृतिमा  फाउण्डेश बनाउन लागिएको थारुले बताए । 


फाउण्डेशनको तर्दथ समिति समेत निर्माण गरिएको उनले जानकारी दिए । फाउण्डेशनको अध्यक्षमा तवरेज अहमद सचिवमा प्रकाश थारु कोषाध्यक्षमा कविता खड्का सदस्यहरुमा के.सी.लामिछाने,महेश अर्याल निला राम, निलम पन्त बिमला गुप्ता,औरन्जेव अहमद  लगायत रहेका छन । भेलाले फाउण्डेशनको तर्दथ कार्यसमिति चयन गरेको अध्यक्ष अहमदले बताए । 

 


फाण्डेशनले हरेक वर्ष दाइजो दिन नसकिएकै कारण पीडित भएका एक जना महिलालाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

 

पुरस्कारको राशी अहिलेलाई दश हजारको हुनेछ । पुरस्कार हरेक वर्षको अक्टोबर १७ का दिन बितरण गरिने फाउण्डेशनका कोषाध्यक्ष कविता खडकाले जानकारी दिइन । फाउण्डेशनले दाइजो प्रथाको न्यूनीकरणको क्षेत्रमा मात्र काम गर्ने अध्यक्ष अहमदे बताएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा फेला

काठमाण्डौ । काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा फेला परेको छ ।

लागु औषध खैरो हिरोइन  सहित इनर्वाका अन्सारी पक्राउ

वीरगंज । लागु औषध खैरो हिरोइन  सहित  वीरगञ्ज महानगरपालिका वडा नं १६  ईनर्वाका २२ वर्षिय मुस्तुफा अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.