logo

राजनीतिक निकास र विकासका लागि दबाव कार्यक्रम 

राजनीतिक निकास र विकासका लागि दबाव कार्यक्रम 

2/24/2017

हेटौडमा बिरोधका बाबजुद सडक अतिक्रमण हटाइदै

हेटौँडा, १० फागुन जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवन भत्काएर शुरु भएको सडक अतिक्रमण हटाउने काम मकवानपुरमा अहिले राप्तीरोडका घरहरु भत्काउन चलिरहेको छ ।

2/21/2017

मध्य तराईकै शैक्षिक धरोहरको रुपमा हरिखेतान स्थापित  ः प्रा.डा.पोखरेल

बीरगंज ८ फागुन । हरिखेतान बहुमुखी क्याम्पसको ३५ औ वार्षिकोत्सव आज एक भव्य समारोहका विच सम्पन्न भएको छ । क्यापस परिसरमा आयोजित कार्यक्रमको नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नाष्टका भाइस चान्सलर प्रा डा. जीवाराज पोखरेलले उदघाटन गरे ।

2/19/2017

गाउँमै डाक्टरहरुको भिड लागेपछि ठोरीबासी दङ्ग 

फागुन ८ ठोरी आफ्नै गाउँमा स्वास्थ्य परीक्षण गर्न पाएपछि ९० वर्षिया नन्दकला कार्की दङ्ग थिइन् । वरिष्ठ चिकित्सकसंग स्वास्थ्य परीक्षण पछि चाउरी परेको अनुहार उज्यालो पार्दै कार्कीले भनिन्–उपचार गर्न सहर जान बुढो शरीरलाई गाह्रो थियो । तर, आफूलाई लागेको रोग सम्बन्धि विशेषज्ञ डा। गाउँमा नै आएर परीक्षण गरेकाले ज्यादै खुशी लागेको छ । निशुल्क स्वास्थ्य परीक्षण संगै औषधी पनि सित्तैमा उपलब्ध गराएको छ । उनी जस्तै ७५ वर्षिय लिलाबहादुर खड्काको प्रतिक्रिया पनि त्यस्तै थियो । बाटोको दुरावस्थाले गर्दा सहरमा उपचार गर्न जान बुढौली शरीरलाई ज्यादै कठिन कुरा थियो ।

2/19/2017

राजनीतिक परिर्वतन संस्थागत भएनःअध्यक्ष बैध

बीरगंज ७ फाल्गुन । नेपाल–भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोक कुमार बैधले प्रजातन्त्र दिवसको दिन नेपालीहरुकालागि महत्वपूर्ण रहेको बताए । मंचले होटेल पूजनमा आयोजना गरेको कार्यक्रममा बैधले यस्तो बताएका हुन । फाल्गुन ७ गते १०४ वर्षे राणाहरुको जहाँनिया शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको दिन भएकोले पनि यसको महत्व रहेको उनको भनाई थियो । 

2/18/2017

रेडियोको आयोजनामा रक्तदान

वीरगञ्ज, ७ फागुन । बीरगंजबाट प्रशारण हुदै आएको इन्द्रेणी एफएम ९७.६ मेगाहर्जको १० औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडियो परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६ जना महिला सहित ४५ जनाले रक्तदान गरेको रेडियोका अध्यक्ष बिनोद रौनीयारले बताए । रक्तदान कार्यक्रमको प्राध्यापक एवम् चर्चित रेडियो श्रोता कुरबान हवारीले शुभारम्भ गरेका थिए ।

2/18/2017

स्थापनाको २० औं वर्षगाँठको अवसरमा ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड– २०७३’ हुने

३ फागुन,२०७३ काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह–एनएफपीजेले आफ्नो स्थापनाको २० औं वर्षगाँठको अवसर पारेर आगामी २०७४ साल बैशाख १३ गते राजधानीमा ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड– २०७३’ आयोजना गर्ने भएको छ ।

2/14/2017

अस्पताल विकास समितीको अध्यक्षमा विनोद गुप्ता

वीरगञ्ज, ३ फागुन : नेपाल सरकारले नारायणी उपक्षेत्रीय विकास समितीको अध्यक्षमा प्रधायापक विनोद गुप्तालाई नियुक्ती गरेको छ । केहि समय अघि देखि रिक्त रहेको अध्यक्ष पदको आज बसेको मन्त्री परिषदको बैठकले नियुक्त गरेको हो । सदस्यहरुको भने नाम गइसकेपनि पत्र आइपुगेको छैन ।

2/14/2017

छैठौं गोतामे पत्रकारिता पुरस्कार पाल्पाका मेघराज शर्मालाई

वीरगंज - गोपालचन्द्र गौतम प्रतिष्ठानको आयोजनामा सोमबार छैठौं गोतामे पत्रकारिता पुरस्कार पाल्पाका अग्रज पत्रकार मेघराज शर्मालाई प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि सांसद् अनिल रुँगटाले नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा सो पुरस्कार प्रदान गरेका हुन् ।

2/13/2017

अनिश्चितकालीन धर्नाको आज २५ औं दिन

कलैया, १ फागुन ः कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै आन्दोलनमा रहेका कलैयावासीले आइतबार २५ औं दिन पनि धर्ना दिइरहेका छन् ।

2/12/2017

वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

बारा, १ फागुन ः डुमरवाना बहुमुखी क्याम्पसको ९ औं वार्षिकोत्सवको अवसरमा आइतबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

2/12/2017

पाँचदिने हस्ताक्षर अभियान शुरु

वीरगञ्ज, १ फागुन ः नयाँ शक्ति जिल्ला कार्यसमिती पर्साले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै आइतबार देखि ५ दिने हस्ताक्षर अभियान शुरु गरेको छ ।

2/12/2017

नवनिर्वाचित सभापति अजय द्विवेदीद्वारा सपथ ग्रहण

वीरगञ्ज, १ फागुन ः नेपाली काँग्रेस पर्साका नवनिर्वाचित सभापति अजय द्विवेदी लगायत पदाधिकारी तथा सदस्यहरुलाई आइतबार सपथ ग्रहण गराइएको छ ।

2/12/2017

नेपाल भारतको सम्बन्धको बारेमा राजनैतिक ढंगले मात्रै सोच्नु हुँदैन ः वक्ता

वीरगञ्ज, १ फागुन ः नेपाल भारतको सम्बन्ध भुगोल, संस्कृति, धर्म, भाषाको सम्बन्धसँग जोडिएको तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।

2/12/2017

प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको निर्णय

सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको बढुवा गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रमुख सम्बन्धी निर्णय गर्न मन्त्रीपरिषदको आज बिहान आकस्मिक रुपमा बसेको बैठकले प्रहरी महानिरीक्षकमा चन्दको टुंगो लगाएको गृह मन्त्रालयको स्रातेले जनाएको हो ।

2/12/2017

नेपाल–भारत सहयोग मञ्चद्वारा महावाणिज्यदूतको सम्मान

माघ २९ माघ । कार्यक्रममा नेपाल–भारत सहयोग मञ्चको केहि दिन अघि मात्रै सम्पन्न भएको निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित हुनु भएका वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोककुमार बैधको पदस्थापना समेत गरिएको थियो । नेपाल–भारत सहयोग मञ्च, वीरगञ्जका कार्यवाहक अध्यक्ष बाबुलाल चाचानले नवनिर्वाचित केन्दिय अध्यक्ष अशोककुमार बैधलाई पदस्थापन गराउदै अब सहयोग मञ्च विगत भन्दा अझै सक्रिय भएर अघि बढने बताएका थिए ।

2/11/2017

घाइतेलाई काठमाण्डौ ,बाघलाई गोली

माघ २५ बीरगंज /पर्सा जिल्ला को एकडेरवा गाउँमा बाघले आक्रमण गर्दा ९ जना  घाईते भएका छन ।  गाउामा बाघको आतंक  बढेपछि प्रहरीले गोली चलाउदा  चलाऊदा बघकोमृत्यु भएको छ ।बाघको आक्रमणबाट घायते हुनेमा प्रहरी निरिक्षक सहित  सिकिस्त चार जनालाई हेलीक्प्टरबाट काठमांडू पठाईएको छ

2/7/2017

आफूबाट नजन्मिएपछि अर्काको बच्चा चोरियो

वीरगञ्ज, २३ माघ । वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर १ छपकैयाकी आशादेवी पासवानको हराएको नवजात शिशु आइतबार फेला परेको छ ।

2/5/2017

एसएसपी श्याम खत्री ३३ किलो सुन काण्डमा पक्राउ

काठमाडौं, २३ माघ ः दुवईबाट ल्याइएको ३३ किलो सुन काण्डमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई हेडक्वाटरबाटै पक्राउ गरेको छ ।

2/5/2017

बिद्यार्थीले तरकारी वालीबाट आर्जेको पैसा सरसफाइमा लगाए

बिद्यालयका बिद्यार्थीहरुले तरकारी खेती गरि कमाएको पैसाले बिद्यालयको खानेपानी सरसफाइमा खर्च गरेका छन । श्री माध्यामिक बिद्यालय दुधिअवा रौतहटका कक्षा ८ मा अध्यनरत बिद्यार्थीहरुले ब्यवसायीक बिषय अन्तरगत ब्यावसाय अभ्यास बिषयमा बिद्यालयको खाली जमिन र कोठा उपभोग गरेर तरकारि खेती गरेका हुन् ।

2/4/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.