logo

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौँ । राष्ट्रपतिले बुधबार गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध रिट पेस गरेका हुन् ।

२०८० जेठ १८

पुल नबनाउने ठेकेदार र सडक डिभिजनका प्रमुखले निर्माण स्थलमै भेटे रामधुलाई

रौतहट । सात बर्ष बितिसक्दा पनि पुल नबनेपछि आक्रोशित स्थानीयले ठेकेदार र सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुखलाई कुटपिट गरेका छन ।

२०८० जेठ १७

मधेश प्रदेश सभामा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने बिषय चर्चामा,मलखाद दिने प्रतिवद्धता पुरा गर्न सासद पटेलको माँग

 वीरगञ्ज । नेपाली कांग्रेसका प्रदेश सांसद् श्यामप्रसाद पटेलले संघ सरकारले बजेट मार्फत नेपालमा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेकोमा त्यसको प्रशंसा गरेका छन।

२०८० जेठ १७

गुणस्तर तथा नापतौल कार्यालय बीरगञ्जमा कार्यरत यादव बिरुद्ध मुद्धा दायर,परिवारको नाममा रहेको सम्पती समेत जफ्तको माँग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जमा कार्यरत बरिष्ठ निरीक्षक शशी भुषणकुमार यादवका बिरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

२०८० जेठ १६

चौधरीको आम माफी प्रकरण,राज्यले बलमिच्याइँ गर्दै दण्डहीनतालाई प्रश्रय दियोःडा अर्याल

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई माफी दिएर सरकारले दण्डहीनता देखाएको बताएका छन् ।

२०८० जेठ १५

लोककल्याणकारी विज्ञापनको भुक्तानी वितरण गर्ने मंत्री शमाको प्रतिबद्धता

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोककल्याणकारी विज्ञापन नरोकिने र लोककल्याणकारी विज्ञापन छपाई गरे बापतको पत्रपत्रिकालाई दिइदै आएको भुक्तानी पनि नियमित रुपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेपाल पत्रकार महासंघको टोलीले बुझाएको ज्ञापन पत्र बुझदै मंत्री शमाृले यस्तो प्रतिवद्धता ब्यक्त गरेकी हुन ।

२०८० जेठ ९

वीरगंजको मुख्य शहरको सडक चौडा गर्ने बाटो खुल्यो, ५ महिना पछि डोजर चलाउने सडक डिभिजनको भनाई

वीरगञ्ज । सर्वोच्च अदालतले सडक बिस्तारको पक्षमा फैसला गरे पछि त्रिभूवन राजपथको वीरगंज भन्सार खण्ड देखी हेटौडा हुदै अगाडि सम्मको बाटो बिस्तार हुने भएको हो ।

२०८० जेठ ४

बन्द उधोग चलाउने सरकारी योजना, मोडालिटीका बारेमा छलफल भइरहेको मंत्री रिजालको खुलासा

बीरगन्ज, । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल बन्द रहेको वीरगंजको चीनी कारखाना संचालन गरिने बताएका छन ।

२०८० जेठ १

मधेश प्रदेश संचार सम्मेलन सम्पन्न , ऐन संशोधन र अक्षयकोषमा रकम उपलब्ध गराउने मुख्यमंत्री यादवको प्रतिवद्धता

रौतहट । सम्मेलनको उद्घाटन गर्दै मधेश प्रदेश सरकारका मुख्यमन्त्री राम सरोज यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् ।

२०८० बैशाख २०

जीतपुर गौशालाको सार्वजनीक जग्गाामा बनेको संरचना उमहानगरले भत्कायो, उपमहानगरले गाई पाल्ने

सिमरा। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुर गौशालाको सार्वजनिक जग्गामा बनेका संरचना डोजर लगाएर भत्काएको छ । उपमहानगरपालिकाको कार्यालयले पूर्वसूचना बमोजिम अनधिकृत घरटहरालगायतका संरचना भत्काएको हो ।

२०८० बैशाख १७

वीरगंजमा इद मिलन,नेताहरुको एकै स्वर, परम्परादेखीको सदभाव र एकता खण्डीत हुन दिदैनौं

वीरगंज । मुस्लिम समुदायको आयोजनामा वीरगंजमा शनिवार इद मिलन समारोह सम्पन्न भएको छ । समारोहलाई नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गर्दै एकिकृत नेपाल निर्माणमा मुस्लिम समुदायको भुमिकाबारे चर्चा गरेका थिए ।

२०८० बैशाख १६

बाराको निर्वाचन २ ,ग्राउण्ड जिरोमा ठुलो बदलाव, जनमत संयोजक र स्वतन्त्र उम्मेदवारको सूर्यमा मतदान गर्न अपिल , एमालेका पुरुषोत्तम साझा बन्दै,

बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको उपनिर्वाचनका उम्मेदवार एमालेका पुरुषोत्तम पौडेललाई स्वतन्त्र उम्मेदवार सुरज शाह तेलीले समर्थन गरेका छन् ।

२०८० बैशाख ९

प्रचण्ड सरकार कायम रहे बृद्धभत्ता नपाउने खतरा छः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार रहीरहे वृद्धभत्ता काट्ने दाबी गरेका छन् ।

२०८० बैशाख ७

वीरगंज महानगर बिरुद्ध अदालतको अंकुश, भवन निर्माण नरोक्न र पार्किङ नराख्न अन्तरिम आदेश

आफनै निर्णयको प्रतिकूल हुने काम गरेको भन्दै वीरगंज महानगरपालिका बिरुद्ध च्च अदालत जनकपुर अस्थाई ईजलास वीरगंजले कानूनी अंकुश लगाएको छ ।

२०८० बैशाख ६

परिवारमा एक्लो नागरिकताधारी गुप्ता भन्छन इटियाही मेरा पूर्वजको गाउँ हो त्यहीबाट नागरिकता लिएको हुँ

बारा जिल्लाको इटियाही मेरो पूर्वजहरुको थलो हो मेरो वुवाको वुवा इटियाही निवासी हो त्यसैले मेरो नागरिकता पनि त्यही गाउँबाट लिएको हो ।

२०८० बैशाख ५

एमालेका बौद्धिक नेता पौडेलको उम्मेदवारीले “भेन्टिलेटर”मा पुगेको पार्टी संघर्षको मोर्चामा अग्रस्थानमा आयो

पुरुषोत्तम पौडेल पंचायतीकालमै जनपक्षीय उम्मेदवार भएर तत्कालीन निजगढ पंचायतको प्रधानपंच निर्वाचित भएका थिए ।

२०८० बैशाख ४

रौतहटमा ,सडक बिस्तारको बिषयमा भएको झडपमा गोली चल्दा एकको ज्यान गयो अन्य चार घाइते

गौर । रौतहटको गढीमाई नगरपालिकामा सडक बिस्तारको बिषयलाई लिएर भएको बिवावदमा गोली चल्दा एक जनाको ज्यान गएको छ । अन्य चार जना घाईते भएका छन् ।

२०८० बैशाख २

मंत्री बन्न दुई करोड डिलको अडिया सार्वजनीक, रास्वपा अध्यक्ष लामिछानेको सर्वत्र आलोचना

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका डा .ढाका कुमार श्रेष्ठको अडियो सार्वजनीक भएपछि सामाजिक संजालमा गम्भिर आलोचना शुरु भएको छ ।

२०७९ चैत २६

म्याद गुज्रेका समाग्री रिप्याकिङ गरि जनस्वास्थ्यसंग खेलवाड गर्ने फर्ममा छापा, तीन कर्मचारी पक्राउ

वीरगञ्ज । विभिन्न ब्राण्डका म्याद सकिएका खाद्यान्न सामाग्रीहरु खरिद गरेर ल्याउने त्यसैलाई रिप्याकिङग गरेर बजारमा पठाई उपभोक्ताको रकम र स्वास्थ्यमा खेलवाड गर्ने कम्पनीमा स्थानीय बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको नेतृत्वमा छापा मारिएको छ ।

२०७९ चैत १४

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.