logo

नागरिकलाई सेवा दिन महानगर असफल खुलाठाउमा हुने माछामासुको बिक्रीमा रोक लागाउन अदालतको आदेश

      9/27/2019 गते 00 00 मा प्रकाशित     1343   पटक पढिएको

बीरगंज १० असोज ।
उच्च अदालतको बीरगंज इजलाशले बीरगंज महानगरपालिका सहितका सरकारी निकायहरु बिरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।

 

महानगर ,जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा बाणिज्य कार्यालय पर्सा र माछा मासु व्यवसायी संघ पर्सा  बिरुद्ध उच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

 

अदालतले यि निकायहरु नागरिकको स्वास्थ्य प्रति जिम्मेवार नभएकोले अन्तरिम आदेश दिएको हो । अदालतले आफनो आदेशमा बीरगंजमा अस्वस्थकर ढंगले सडक पेटी लगायतका खुला स्थानमा माछामासुको बिक्री बितरण गर्ने गराउने कार्य रोक्न आदेश दिएको छ । 


उपभोक्ता हित संरक्षण मं बीरगंज नगर कमिटीको तर्फबाट अध्यक्ष अजित भूजेलले भदौ २२ गते उच्च अदालतमा परमादेश जारी गर्न माँग गर्दै रिट दायर गरेका थिए । अदालतले त्यतीबेला बिपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको थियो र आजकालागि दुई तर्फी सुनवाईको मिति तोकेको थियो । आजको बहस पछि 


माननीय न्यायाधीश भिम कुमार ओझा र माननीय न्यायाधीश राजेन्द्र सुबेदीको संयुक्त ईजलासले अन्तरिम आदेश जारी गरिदिएको छ । आदेशमा नेपालको संविधानको धारा ३०, ३५, र ४४ बमोजिम प्रत्येक नागरिकलाई स्वच्छ बातावरणको , स्वास्थ्य सम्बन्धि र गुणस्तरिय वस्तु तथा सेवा प्राप्त गर्ने मौलिक हक रहेको र स्थानीय सरकार सन्चालन ऐन , २०७४ को दफा ११ (२) को खण्ड (झ ) तथा (ञ)ले आधारभुत स्वास्थ्य र सरसफाई एवं स्थानीय बजार व्यवस्थापन , वातावरण संरक्षण समेतको काम कर्तव्य र अधिकार महानगरपालिकालाई हुने गरि तोकेको सन्दर्भमा सम्बन्धित निकायहरु समेतसङ समन्वय गरि नगर क्षेत्रलाई व्यवस्थित गर्नु , गराउनु पर्ने कर्तव्य महानगर पालिकाक्को हुनेमा बिवाद नरहेको र उक्त कर्तव्य पालनामा उदासिन रहेको भनि प्रस्तुत निवेदन पर्न आएकोले विपक्षीको नाममा पशुपन्छीको सार्वजनिक बाटोघाटोमा खुल्ला रुपले बध गर्न गराउने र तथा बिक्री बितरण गर्ने गराउने कार्यलाई रोक्नु लगाउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरीम आदेश जारी गरिदिएको उल्लेख छ ।

अस्वस्थकर ढंगबाट हुने माछा मासुको बिक्रीले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै संरक्षण मञ्चले वीरगञ्ज महानगरपालिका लगायत सरोकारवाला विरुद्ध मुद्धा दर्ता गरेको थियो ।

 

बिरगञ्ज महानगरको रजतजयन्ती चोक देखि उतर गण्डक नहरसम्मको मुल सडकको किनारमा नै उपभोक्ता स्वास्थ्यमा गम्भीर असर पर्ने किसिमबाट फोहोर नाला छेउमा विभिन्न ठाउमा खसी, बाख्रा तथा कुखुराको मासु बिक्री हुदै आएको छ । 

 

सडक किनारामा अव्यवस्थित रुपमा बिक्री गर्ने गरेको मासु पसलले महानगरलाई कुरुप बनाउनुको साथै र मासुपसलवालाहरुको मनपरी ढंगले मासुको मुल्य बढाउने तथा खसी र बाख्राको मासुको छुट्टा छुटै मुल्य सुची नराखेको साथै खसिको मासुमा बाख्राको मासु मिसाई उपभोक्तालाई दिनहु ठगि गरिरहेको उपभोक्ता गुनासोलाई ध्यानमा राखेर पटक पटक महानगरको ध्यानाकर्षण गराउदा समेत कुनै सुनवाई नभएपछि रिटमा जानु परेको भूजेलले बताए । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.