logo

म्यादी प्रहरीकोलागि सबैभन्दा बढी आवेदन प्रदेश नं २ मा

      3/31/2017 गते 00 00 मा प्रकाशित     1171   पटक पढिएको

बीरगंज १८ चैत। आसन्न स्थानीय निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीका लागि भएको आवेदनमा मागभन्दा दोब्बर बढी आवेदन परेको छ। 
 मधेशकेन्द्रीत दलको प्रभाव क्षेत्रको रुपमा रहेको २ नम्बर प्रदेशमा सबै भन्दा बढी आवेदन परेको छ ।  प्रदेश २ मा ३५ हजारले म्यादी प्रहरी बन्न आवेदन दिएका छन्। प्रदेश २ निर्वाचनको रणनीतिक विवादमा रहेको प्रदेश पनि हो । मधेश केन्द्रीत दलले कुनै हालतमा चुनाव हुन नदिने बताउदै आएका छन । जसको प्रभाव बढी पर्ने प्रदेश भनेको २ नम्बर प्रदेश हो ।
  प्रहरी प्रधान कार्यालयले चैत ११ देखि बिहीबारसम्म तोकेको समयमा एक लाख ७२ हजारभन्दा बढी आवेदन परेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए। चुनवी सुरक्षाका लागि ७५ हजार म्यादी प्रहरीका लागि आवेदन मागिएको थियो।
 सोअनुसार पूर्वाञ्चलमा ४४ हजार ६६, काठमाडौँ उपत्यकामा सात हजार एक सय १२, मध्यमाञ्चलमा ४२ हजार दुई सय ७४, पश्चिमाञ्चलमा २७ हजार आठ सय ५७, मध्यपश्चिमाञ्चलमा ३३ हजार चार सय ३१ र सूदुरपश्चिमाञ्लमा १८ हजार दुई ३७ को आवेदन परेको जनाइएको छ। 
 १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका व्यक्तिका लागि म्यादी प्रहरीको आवेदन खुलाइएको थियो। स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि ५५ दिनको रहेको छ। म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले खाईपाई आएको तलब तथा भत्ता बराबरको रकम पाउने छ।
 नेपाल प्रहरीका जवानले हाल ग्रेडसहित मासिक २१ हजार ८ सय २२ रुपैयाँ तलब पाउने गर्छन्। तर म्यादी प्रहरीले भने ग्रेड पाउँदैनन्। त्यसैले उनीहरुले प्रहरी जवानको तलब स्केल सरह मासिक १७ हजार २ सय ३० रुपैयाँ मात्रै पाउने छन्। तराईका जिल्लामा दिनको १९७ रुपैयाँ रासन वापत पाउँछन्। अन्य जिल्लामा भने ठाउँ अनुसार फरक फरक रकम पाउने छन्। त्यसैगरी म्यादी प्रहरीले पोशाक पनि पाउने छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.