logo

अवस्था सामान्य भएपछि स्थानीय प्रशासनले वीरगंजमा लगाएको निषेधाज्ञा हटायो

 इसीमाना सम्वाददाता     २०८२ बैशाख ४ गते ०७: ०० मा प्रकाशित     303   पटक पढिएको

वीरगन्ज । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटाएको छ । बैशाख ५ गते बिहान ७ बजेदेखी लागु हुने गरि निषेधाज्ञा हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा उल्लेख छ । 

चैत ३१ गते  पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले परिस्थिति पूर्णरुपमा सामान्य भई नसकेको वर्तमान अवस्थालाई मध्यनजर गरी वीरगञ्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल ,उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटतर्फवीरगञ्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल ,उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटतर्फ निषेधाज्ञा जारी गरेका थिए  ।


बैशाख ४ गते बसेको सुरक्षा समितिको बैठकले बैशाख ५ गते बिहान ७ बजेदेखी लागू हुने गरि निषेधाज्ञा हटाएको हो ।

 

चैत ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको शाभा यात्रामा दुई समुदायवीच झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।

सर्वपक्षीय बैठक पछि स्थिति सहज हुदै गएपछि चैत ३१ मा कर्फ्यू  हटाएर निषेधाज्ञा कायम राखिएको थियो ।  कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

शसस्त्र प्रहरीमा एआइजी बढुवा प्रकरण “बोल्नेको पिठो बिक्ने नवोल्नेको चामल नबिक्ने ”उखाँन चरितार्थ गर्ने कोशीस जारी

वीरगंज । सशस्त्र प्रहरीमा एआइजी बढुवामा ठुलो चलखेलको आशंका बढेको छ । सीमा सुरक्षा विभागमा कार्यरत एआईजी चन्द्रप्रकाश गौतम वैशाख २ गते अनिवार्य अवकाश भएका थिए।

आँखादान मानवीय कर्तव्य होः महानगरप्रमुख सिंह

वीरगंज । “ दृष्टिविहीनका लागि दृष्टि”भन्ने नाराका साथ वीरगंज महानगरपालिकाको सहकार्यमा तेरापंथ युवक परिषद् वीरगंजले जनजागृत कार्यक्रम सञ्चालन गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.