logo

बस ग्यारेजमा आगलागी नब्बेलाखको क्षती

      4/28/2017 गते 00 00 मा प्रकाशित     1114   पटक पढिएको

वीरगन्ज १५ बैशाख । वीरगन्जको नयाँ बसपार्कमा बस ग्यारेजमा आगोलागी हुदा चार बस जलेर नष्ट भएका छन । 

बसपार्क भित्र प्रहरीको अस्थायी पोष्ट नजिकै रहेको ननी अन्सारीको बस ग्यारेजमा आगलागी भएको हो । आगलागी  हुदा करिब ९० लाख रुपैयाको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पर्सा प्रहरी प्रवक्ता डिएसपी चक्रराज  जोशीले जानकारी दिए ।

 ना ३ ख ६०८८ , ना ५ ख ५७५१ , ना ४ ख ७४२१ र ना ५ ख २७६ नम्बरका बसहरु जलेर नष्ट भएका हुन् । ग्यारेजमा राखिएको बस मुनि मिस्त्रिले वेल्डिङ गर्ने क्रममा ब्याट्रिको तार सर्ट भइ व्याट्री नै पड्किएपछि त्यसैबाट सल्किएको आगोले चार वटा बस जलेर नष्ट भएको हो  ।

 वीरगन्ज  र कलैया उपमहानगरपालिका कार्यालयका बारुण यन्त्र  नेपाली सेना, सशस्त्र प्रहरी  नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो निभाएको प्रवक्ता जोशीले बताए  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.