logo

शहीद पिताको आव्हान रुखमा मतदान 

      11/11/2017 गते 00 00 मा प्रकाशित     1271   पटक पढिएको

बीरगंज २५ कार्तिक ।
शहीदको भावना विपरित र आफनो व्यक्तिगत स्वार्थ पुरा गर्न मधेशी दलका नेताहरुले राजनितिक गरिरहेको छन । उनीहरु प्रति यस्तो गम्भिर आरोप अरुले नभइ मधेश आन्दोलनका शहीद दिलीप चौसियाका पिता दिनानाथ चौरसियाले लगाएका हुन ।  चौरसियाले काग्रेसले नै मधेश र मधेशीको हकअधिकार दिलाई मुलुकलाई विकासको दिशा तर्फ लैजान सक्ने प्रष्ट पारे । 

स्थानीय तहको चुनावको बेला उम्मेदवारी चयनमा शहीद र उनको परिवारको अपमान गरिएको भन्दै चौरसियाले संघीय समाजवादी फोरम परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

भदौ १६ गते जगन्नाथपुर आयोजीत एक कार्यक्रममा उनले आफनो छोरो मधेश र मधेशी जनताको हितका निम्ति शहीद भएकोमा गर्व गरे तर त्यो शाहदतलाई पैसामा साटिएको भन्दै चिन्ता ब्यक्त गरे । उनले त्यतीबेलै फोरम परित्याग गरेर नेपाली कांग्रेसकालागि मत माग्न शुरु गरेका थिए । अहिले पनि चौरसिया रुखमा मात माग्न सक्रिय भएका छन । शनिवार चौरसियाकै अगुवाईमा जगरनाथपुरमा घरदैलो भएको छ ।  

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार नेपाली काग्रेसका युवा नेता तथा समाजसेवी अनिल रुगटा, पर्सा क्षेत्र नम्बर १ कै “क” बाट काग्रेसका प्रदेश सभाका उम्मेदवार रामनारायण कुर्मी, वीरगन्ज महानगरपालिकाकी उप मेयर तथा काग्रेसका महिला नेतृ शान्ति कार्की, क्षेत्रिय सभापति अरबिन्द गुप्ता, नेता महमद साहबुदिन, नेवि संघका दिलिप कार्की लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइयो,१ हजार ८ सय ४४ ठाउँमा चेक प्वाइन्ट

काठमाडौँ ।   गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.