logo

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २४ गते ०९: ५५ मा प्रकाशित     731   पटक पढिएको

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

 

भारतको कश्मिरको पहलगाममा २६ जनाको ज्यान जाने गरि  आतंकवादी हमला भएको २ हप्ता पछि भारतले यस्तो आक्रमण गरेको हो  । 

 

भारतको रक्षा मन्त्रालयले बिहान १.४४ बजे वक्तव्य जारी गरेर , भारतीय सशस्त्र बलले भारतमाथि आक्रमणको योजना बनाइएका पाकिस्तान र पाकिस्तान नियन्त्रित जम्मु–कश्मीरमा ती आतङ्कवादी केन्द्रहरुमा केही बेर अघि आक्रमण गरेको छ 

 

यस अपरेसनलाई ‘अपरेसन सिन्दूर’ नाम दिइएको छ। वक्तव्य अनुसार, उक्त कारबाहीका लागि आथतंकवादीका  नौवटा ठूला सेल्टरहरु चयन गरिएको वक्तब्यमा उल्लेख छ ।

 

भारत सरकारले आफनो आक्रमण सैन्य कार्यालयमा नभएको तर  कारबाही लक्षित, सन्तुलित र गैर उक्साहटपूर्ण रहेको जनाएको छ । कुनै पनि पाकिस्तानी सैन्य आधारशिविरलाई लक्ष्य बनाइएको छैन। भारतले लक्ष्यको छनोट र हमलाको तरिकामा अत्यन्त संयमता अपनाएको छ।”

 

वक्तव्यमा आक्रमण कहाँ -कहाँ गरिएको हो र कसरी गरिएको भन्ने खुलाइएको छैन। यद्यपि अनुमान गरिँदैछ कि हमलामा मिसाइल प्रयोग गरिएको थियो।

 

भारतीय सेनाको एक्स (पहिलेको ट्विटर)  १.५१ बजे  “न्याय भयो जय हिन्द” भन्दै पोस्ट गरिएको थियो ।  रक्षामन्त्री राजनाथ सिंहले २.४६ मा जय  “भारत माता की जय” लेखेका छन । 


भारतीय आक्रमणको प्रतिक्रियामा पाकिस्तानका सेनाका प्रवक्ताले एआरवाई न्यूजसँग भने कि पाकिस्तानले “आफ्नो छनोटको समय र स्थानमा जवाफ दिनेछ।”

भारतले बहावलपुरको अहमद ईस्ट क्षेत्रको सुब्हानुल्लाह मस्जिद, कोटली र मुज़फ़्फराबादमा मिसाइल हमला गरेको इन्टर सर्भिस पब्लिक रिलेशन्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले दाबी गरेका छन।

चौधरीले भने, “हाम्रा सबै वायुसेनाका विमानहरू उडिरहेको छन्। यो हमला भारतको हवाई सीमाभित्रबाट गरिएको कायरता र लज्जास्पद कार्य हो। भारतलाई पाकिस्तानको हवाई क्षेत्रमा छिर्न दिइएको थिएन।”


भारतले भनेको छ कि यो अपरेसन हालै पहलगाममा भएको आतङ्कवादी आक्रमणको प्रतिशोधस्वरूप गरिएको हो। यो सन् २००८ को मुम्बई आक्रमणपछि सर्वसाधारणमाथिको सबैभन्दा ठूलो हमला थियो।

भारतीय रक्षा मन्त्रालयले भनेको छ, “हामी हाम्रो यो वाचा पूरा गर्छौं कि यस आक्रमणका जिम्मेवारहरूलाई सजाय दिइनेछ।”

द वायर हिन्दीबाट 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.