logo

कानूनमन्त्री चौरसियाद्वारा कालोपत्रे सडक शिलान्यास, बहुअवरीदेखि एकटाङ्गासम्म करिब ३ करोडको लागतमा सडक निर्माण हुँदै

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २२ गते ०९: ४६ मा प्रकाशित     1244   पटक पढिएको

 वीरगंज । नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले पर्सा जिल्लाको बहुदरमाइ नगरपालिका वडा नम्बर–४ अन्तर्गत बहुअवरीदेखि एकटाङ्गासम्म निर्माण हुने कालोपत्रे सडकको शिलान्यास गरेका छन्।

\

 करिब ३ करोड रुपैयाँको केन्द्रीय बजेटमा निर्माण हुन लागेको सो सडकको लम्बाइ १६ सय मिटर हुनेछ।

 

 कार्यक्रममा मन्त्री चौरसियाले यातायात सहज बनाउन र स्थानीय जनताको जीवनस्तर उकास्न सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताएका थिए।

 

शिलान्यास कार्यक्रममा प्रदेश सांसद श्याम पटेल, पूर्व मेयर लोक नारायण यादव, नेपाली कांग्रेसका क्षेत्रीय सभापति महम्मद शहाबुद्दिन, सचिव रञ्जित पटेल, सरिफ मिया, इमाम हुसेन मिया, दिनेश यादव लगायत कांग्रेसका विभिन्न तहका नेताहरू तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

स्थानीयवासीहरूले उक्त सडक निर्माणपछि यातायातमा सहजता आउने, व्यापार विस्तारमा टेवा पुग्ने र विकासका सम्भावनाहरू खुल्ने विश्वास व्यक्त गरेका छन्। निर्माण कार्य छिट्टै सुरु भई निर्धारित समयसीमाभित्र सम्पन्न गरिने योजना रहेको जनाइएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.