logo

आठ महिला सहित बत्तीसद्वारा रक्तदान १४ गते समाजले गर्ने 

      7/24/2017 गते 00 00 मा प्रकाशित     1247   पटक पढिएको

बीरगंज ९ साउन ।
सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ८ महिला सहित ३२ जनाले रक्तदान गरेका छन । 
    रक्त संचार केन्द्रमा रगतको अभाव देखिएपछि समन्वय समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्त संचार केन्द्रले बिभिन्न सामाजिक संघ संस्थाहरुलाई रक्तदान गर्न अपिल समेत गरेको छ । संस्थाका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा बृजकिशोर पटेल,रामप्रवेश साह रुपक पाण्डे सलमा खातुन लगायतले रक्तदान गरेकाको हरेन्द्र साहले जानकारी दिनु भयो । कार्यक्रममा रक्तसंचार केन्द्रको तर्फबाट जितेन्द्र क्शवाहाको नेतृत्वमा रहेको टोलीले प्राविधिक सहयोग पु¥याएको थियो । यसैगरि रगतको अभावलाई कम गर्न युवाहरुको संस्था बीरगंज युवा समाजले पनि साउन १४ गते बीरगंजको माइस्थानमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष कमल चौगाईले शनिवारका दिन आयोजना गरिएको रक्तदानमा सहभागि भइृरक्तादन गरेर सामाजिक सेवामा योगदान पु¥याउन अपिल गनर््ु भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.