logo

नेकपा एमालेको जीतपुर सीमरा नगरमा पौडेल समुहका शाहको प्यानल बिजयी

 इसीमाना सम्वाददाता     २०८२ बैशाख ३ गते ०८: ०७ मा प्रकाशित     938   पटक पढिएको

सीमरा । नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका कमिटीको अध्यक्ष त्रिलोक विक्रम शाह प्यानल सहित विजयी भएका छन् ।

प्रमुख निर्वाचन अधिकृत दिवाकर भण्डारीका अनुसार कुल ३ सय ४८ मतदाता रहेकोमा ३ सय २६ मत खसेको थियो ।
अध्यक्ष पदमा त्रिलोक विक्रम शाहले २०७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी ताराबहादुर बस्नेत‘हिरा’ले १०६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कैमुद्दिन अंसारी १८७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी सुनीलकुमार गुप्ताले १२२ मत प्राप्त गरेका छन् ।

सचिव पदमा रविन्द्रराज भण्डारी विजयी भएका छन् । भण्डारीले १६८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी रमेशकुमार पौडेलले १३८ मत प्राप्त गरेका छन् ।

 

उपसचिव खुल्लामा विष्णुप्रसाद सापकोटा १९५ मत सहित विजयी भएका छन् । उनका प्रतिद्वन्दी इम्तियाज आलमले १०१ मत प्राप्त गरेका छन् ।

उपसचिव महिला तर्फ अलौपीया चौधरी निर्वाचित भएकी छन् । चौधरीले १८२ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्दी समिता शर्माले १२४ मत प्राप्त गरिन् ।

नगर अधिवेशनमा विजय प्राप्त गरेपछि अध्यक्ष त्रिलोक विक्रम शाहले निर्वाचनको प्रकृयामा देखिएका स्वभाविक मतभेदहरु आजैबाट अन्त्य भएको भन्दै बलीयो पार्टी निर्माणमा सबैको साथ र सहयोग लिएर अघि बढ्ने बताएका छन् ।

 

एमाले जीतपुरसिमराका सबै प्रतिनिधिहरुलाई अध्यक्ष निर्वाचित शाहले धन्यबाद दिएका छन् । सीमराको अधिवेशनमा प्यानल सहित मैदानमा नेताहरु उत्रिएका थिए । बिजयी शाहलाई नेता पुरुषोत्तम पौडेल पक्षधरको बलियो समर्थन थियो भने  बस्नेतलाई ज्वाला साहको सर्मतन थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

साढे दूईलाख रुपैया राशीको हिरालाल केडिया ज्योतिर्मय पुरस्कार , नेत्र विशेषज्ञ डा पन्तलाई

वीरगञ्ज । विसं २०८२ को ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा विद्याप्रसाद पन्तलाई अर्पण गरिएको छ ।

खेलकुद

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.