logo

बारामा बेवारिसे दुईवटा बम फेला 

      11/25/2017 गते 00 00 मा प्रकाशित     1227   पटक पढिएको

वीरगन्ज, ९ मंसिर । बारामा बाम गठबन्धनका उम्मेदवारको घर छेउमा दुईवटा वेवारिसे बम फेला परेको छ । बारा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को ख मा बामगठबन्धनबाट उम्मेदवार बनेका गणेश जयसवालको घर नजिक दुईवटा बम फेला परेको जनाएको छ ।

महाढीमाई नगरपालिका वडा नम्बर १० मा रहेको घर नजिक बम फेला परेपछि स्थानीय त्रसित बनेका छन् । तर, बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बम सक्कली नभई नक्कली भएको बताएका छन् । उनले कसैले जनतालाई तर्साउनको लागि नक्कली बम राखेको बताए ।

फेला परेको बम निष्क्रिय गर्न जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा टोली घटनास्थल पुगेको र फेला परेको बमको बारुद मात्रै गन्ध आएकोले सक्कली बम नभएको प्रहरी उपरीक्षक वैदवारले बताए ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.