logo

फरार अपराधी प्रहरीद्वारा पक्राउ

      3/3/2018 गते 00 00 मा प्रकाशित     1968   पटक पढिएको

सुवर्णपुर २१ फागुन ।
 पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले गएराति एक जना अपराधी लाई पक्राउ गरेको छ ।

 

गाँजा तस्करी गरेको अभियोगमा अदालतबाट जेल सजाय तोकिएपछि लामो समयदेखी फरार रहेका एक अपराधी लाई प्रहरीले पक्राउ गरेको हो ।

 

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली बाट प्रहरी निरीक्षक महेश बस्नेतको नेतृत्वमा गएको प्रहरी टोलिले पटेर्वा सुगौली गाउँ पालिका वार्ड नम्बर १ कन्चनपुरबाट मल्वी भन्ने मुजाहिर अन्सारी लाइ पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेको अन्सारी गाँजा तस्करीको अभियोगमा पर्सा जिल्ला अदालतले २०७१ सालमा दुई वर्ष कैद र १५ हजार जरिवाना तोकेको थियो । सजाय तोकिएको समयदेखी नै अन्सारी फरार भएका थिए ।

 

अन्सारी लाई गएराती नै जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी पटेर्वा सुगौली ले जनाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.