logo

मानवअधिकार तथा शान्ति समाजद्वारा श्रष्टा सम्मान 

      11/14/2020 गते 00 00 मा प्रकाशित     829   पटक पढिएको

इसीमाना संवाददाता
वीरगन्ज, २९ कार्तिक । मानवअधिकार तथा शान्ति समाज पर्सा शाखाले आज लक्ष्मी प्रसाद देवकोटाको जयन्तीको अवसरमा श्रष्टा सम्मान कार्यक्रमको आयोजना गरेको छ । वीरगन्जको होटल कन्ट्री इनमा आयोजना गरिएको कामर्यक्रममा साहित्य श्रष्टा रेणु गुप्तालाई सम्मान गरिएको हो ।

समाजका पर्सा अध्यक्ष  अमर बहादुर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं साहित्यकार गणेश लाठले २० हजार नगद र कदर प्रत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लाठले साहित्य सृजनामा लागेका व्यक्तिहरुलाई समाजले गलत तरिकाले व्याख्या गरिदिने गरेको गुनासो गर्दै साहित्य सृजनाले समाजका विभिन्न आयामहरुलाई उजागर गर्ने काम गर्ने बताउनुभयो ।

उहाँले साहित्यको निश्चित सीमा नहुने हुँदा यसले समाजलाई डो¥याउने काम गर्ने बताउनुभयो । कार्यक्रममा सम्मानित हुनुभएकी साहित्यकार रेणु गुप्ताले आपूmले पाएको सम्मानले सहित्यमा लाग्ने थप उर्जा र हौसला प्राप्त भएको बताउनुभयो । समाजको केन्द्रीय कार्यक्रम अनुसार नै आज देशभरको विभिन्न ११ वटा स्थानमा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष अमर बहादुर गौतमलले जानकारी दिनुभयो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव परमानन्द चौधरी, प्रेस संगठन नेपाल पर्साका संयोजक नीरज पिठाकोटे मगर, पत्रकार तथा सहित्य श्रष्टा सञ्जय साह ‘मित्र’ लक्ष्मी साहित्य समाज वीरगन्जका अध्यक्ष महेशचन्द्र गौतम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मानव अधिकार तथा शान्ति समाज पर्साका सचिव प्रेमचन्द्र पटेलले गर्नुभएको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

मधेशमा सरकारको नेतृत्व गर्ने दल नै बजेटबाट छैन सन्तुष्ट, सहयात्री दललाई लगायो गम्भिर आरोप

जनकपुरधाम ।सरकारलाई नेतृत्व प्रदान गरिरहेको जनमत पार्टीले मधेश सरकारको बजेटका बिषयमा आफनो गम्भिर असहमती जाहेर गरेको छ ।

पार्टीको वैचारिक बहस, आन्दोलन र नीति निर्माणमा चासो देखाउन एमाले महासचिव पोख्रेलको आग्रह

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको समृद्धि, राष्ट्रिय स्वाधीनता र युवाको भविष्यकालागि एमालेले विगतका कुनै पनि शासकले कल्पनासमेत नगरेको काम गरेर देखाएको दाबी गरेका छन।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.