logo

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

 केजिन राई     २०८२ असार ३ गते १०: ०१ मा प्रकाशित     353   पटक पढिएको

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

निर्वाचन प्रक्रियाअनुसार गठन गरिएको पाँच सदस्यीय निर्वाचन मण्डल समक्ष तोकिएको समयसिमा भित्र अध्यक्ष पदका लागि कल्पना मगरको मात्र एकल उम्मेदवारी आवेदन परेको थियो।


अध्यक्षमा पदमा अरु कसैको  उम्मेदवारी नपरेपछि, निर्वाचन मण्डलले नियमअनुसार कल्पना मगरलाई निर्विरोध निर्वाचित अध्यक्ष घोषणा गरेको हो।

अधिवेशनले विविध भूगोल र पृष्ठभूमिबाट प्रतिनिधित्व हुने गरी नयाँ  कार्यसमिति गठन गरेको छ। उपाध्यक्षमा रोल्पाका हिमाल बुढा मगर, सचिवमा दुई जना बागलुङका सन्दर्भ पुन, र  गुल्मीकी कृष्ण कुमारी पुन चयन भएका छन्।

 

 कोषाध्यक्षमा गुल्मीकै दिपक थापा, सह(कोषाध्यक्षमा बागलुङका क्षेत्र थापा, र सांस्कृतिक विभाग संयोजकमा गोरखाका अमर रानाले जिम्मेवारी पाएका छन्। लेखा समितिको संयोजकमा म्याग्दीका मोहन रोका चयन भएका छन्।

सदस्यहरूमा रुकुमका सुजीत बुढा मगर र सतमान पुन, रोल्पाका श्याम बुढा मगर, म्याग्दीका पुरन पुन, दाङका मिलन पुन, तथा सोलुखुम्बुकी दिलमाया मगर रहेका छन्। कार्यसमितिमा विभिन्न जिल्लाका महिला र युवा प्रतिनिधित्वलाई समेटिएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा महामहिम नेपाली राजदूत सेवा लम्साल (बेनेलक्स राष्ट्रहरू तथा युरोपियन युनियन )को गरिमामय उपस्थिति रहेको थियो।

विशेष अतिथिका रूपमा अन्तराष्ट्रिय मगर महासंघ महासचिब तथा  आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान घर्ति  मगर, अन्तर्राष्ट्रिय मगर महासंघ युरोप संयोजक नेत्र मगर, एनआरएनए बेल्जियमकी अध्यक्ष सिता सापकोटा, तथा जेष्ठ नागरिक तथा विशिष्ट अतिथि लाल प्रसाद पाईजा लगायत बेल्जियमा कृयाशिल दर्जनौ संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति  रहेको थियो। 

May be an image of 8 people and text
कार्यक्रममा प्रमुख अतिथि महामहिम सेवा लम्सालले नेपाली समुदाय विशेषतः मगर संघले प्रवासमा नेपाली संस्कृति र पहिचान संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै, बेल्जियममा रहेको नेपाली दूतावास सधैं सहयोगका लागि तयार रहेको उल्लेख गरेकी छिन् ।

नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान मगरले मगर संघको यो सफल अधिवेशनले संस्थागत सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै, समुदायबीचको सहकार्य अझ सशक्त बनाउन सुझाव दिएका छन्।

अन्तर्राष्ट्रिय मगर महासंघ युरोप संयोजक नेत्र मगरले मगर संघ बेल्जियमले युरोपमै उदाहरणीय संगठनको रूपमा कार्य गरिरहेको उल्लेख गर्दै, आगामी दिनमा युवा नेतृत्व र नारी सहभागिता झनै उत्साहजनक हुने आशा व्यक्त गरेका छन्।

एनआरएनए बेल्जियमकी अध्यक्ष सिता सापकोटाले गैरआवासीय नेपालीहरूको साझा हितमा मगर संघ जस्ता संस्थाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै, भावी सहकार्यमा आफूहरू सधैं सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरिन् ।


नव  निर्वाचित अध्यक्ष कल्पना मगरले धन्यवाद ज्ञापन गर्दै संघलाई समावेशी, क्रियाशील र समुदायको साझा आवाजको थलो बनाउन पूर्ण समर्पणका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

वीरगंजका निरन्जन अग्रवाल बिरुद्ध सम्पती शुद्धीकरुण बिभागद्वारा ५१ करोडको बिगो कायम गरि अदालतमा मुद्धा दायर

वीरगंज । वीरगंज महानगरको वडा नं १० लाठगल्लीको ठेगाना देखाएर नागरिकता लिएका निरन्जन अग्रवाल बिरुद्ध बिहिवार पर्सा जिल्ला अदालतमा मुद्धा दायर भएको छ ।

पत्नी हत्यामा दण्डीत साह अर्को हत्या आरोपमा फेरी पक्राउ

जनकपुर । धनुषामा खुकुरी प्रहार गरी १४ वर्षीया अञ्जली यादवको हत्या गर्ने क्षिरेश्वरनाथ नगरपालिका–९, ईच्छापुरका ३५ वर्षीय   रामबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.