logo

प्रादेशीक रंगशाला बनाउन माग गर्दै बीरगंजमा नेविसंघको प्रर्दशन

      12/16/2018 गते 00 00 मा प्रकाशित     745   पटक पढिएको


वीरगंज, १ पुस ।
बीरगंजमा रहेको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन माग गर्दै नेपाल बिद्यार्थी संघ पर्साले बीरगंजमा प्रर्दशन गरेको छ ।

 वीरगंज स्थित नारायणी रंगशालालाई प्रादेशीक रंगशाला बनाउनु पर्ने मांग गर्दै आइतबार वीरगंजमा प्रदर्शन तथा चक्का जाम गरिएको हो । नेविसंघ, पर्साको आयोजनामा वीरगंजको माइस्थान चौकमा एक घण्टा चक्का जाम गर्नुको साथै प्रदर्शन समेत गरिएको हो ।

नेवि संघ, पर्साका अध्यक्ष बिश्वास रंजन द्विवेदीको नेतृत्वमा भएको कार्यक्रममा नेविसंघका केन्द्रिय सदस्य सुधीर पटेल, बद्रीनारायाण तिवारी, विद्यार्थी नेता रोशन सिंह, विकेस पटेल, सुरज पटेल, कृष्ण उपाध्याय, दिपु गुप्ता, राहुल रौनियार, अजय कर्ण, खेम अधिकारी, विवेक गुप्ता, आसिफ अंसारी, अबदुल कयुम, राजन चौरसिया लगायतकाको सहभागिता रहेको थियो ।


नेपालको दशरथ रंगशाला पछिको ठुलो रंगशला बीरगंजको नारायणी रंगशाला हो । तर असोज २५ गते २ नम्बर प्रदेश सकारको मंत्रीपरिषदको बैठकले जनकपुरमा प्रादेशीक रंगशाला बनाउने निर्णय गरेको थियो।  


भदौ १० गते राष्ट्रीय खेलकुद परिषदेले प्रदेश सरकारलाई प्रादेशीक रंगशाला निर्माणकालागि स्थान छानौट र स्वामित्वको स्थिति लेखी पठाउन पत्राचार गरेको थियो । त्यही पत्राचारको जवाफमा प्रदेश सरकारले मंत्रीपरिषदको निर्णय गरेर प्रादेशीक रंगशला जनकपुरमा बनाउने निर्णय गरेको हो । 


प्रदेश सरकारको मंसीर २८ गते बसेको बैठकले भने त्यो भन्दा अगाडिको आफनै निर्णय सच्याउन सकेको छैन । उसले प्रदेश स्तरीय रंगशाला बनाउने निर्णय नभएको भनेर पछिल्लो निर्णयलाई समेत जीवीत राख्ने काम गरेको छ । ०७५ असोज २५ मा मंत्री परिषद बैठकले गरेको निर्णयलाइृ के गर्ने भन्ने कुरा उल्लेख नभएकोले पनि सरकारको यो निर्णय पनि परिपक्व नभएको टिप्पणी गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

नेपाली कांग्रेसका समानुपातिक साँसद राईलाई अनुसन्धान गर्न प्रहरीले पायो पाँच दिनको म्याद

काठमाण्डौ। स्वर्णलक्ष्मी सहकारीको बचत ठगी प्रकरणमा पक्राउ परेकी सांसद माया राईमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ।

अपहरण अभियोगमा चार जना पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज ।  कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.