logo

वीरगंज महानगरको आगामी चुनावमा पार्टी भित्रैबाट उम्मेदवार चयन हुन्छः एमाले सचिव भट्टराई

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १८ गते ०६: ०७ मा प्रकाशित     1264   पटक पढिएको

वीरगञ्ज। नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीको शपथ ग्रहण तथा सम्मान कार्यक्रम विहिवार वीरगञ्जको क्लासिक बैंक्वेटमा सम्पन्न भएको छ । 

 

शपथ ग्रहण कार्यक्रममालाई सम्बोधन गर्दै नेकपा एमालेका सचिव  योगेश भट्टराईले निर्वाचनको नतिजा सबैले स्वीकार्नुपर्ने र पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।


उनले पार्टीको सिद्धान्तको बिषयमा बिवाद नरहेको नेतृत्वका बिषयमा समस्या नरहेको संगठनका बिधि पद्धतीका बिषयमा समस्या नरहेको बेला गुटबन्दीपूर्ण क्रियाकलाप गर्न कसैलाई छुट नहुने बताए । 

 

भट्टराईले आगामी निर्वाचनमा एमालेबाटै प्रतिनिधि चयन गरी चुनाव लडाइने पनि बताउदै बजेट निर्माणको समय भएकाले मधेश प्रदेशको बजेटका लागि प्रधानमन्त्रीसँग भेटघाट भएको र मधेश प्रदेशमा राम्रो बजेट आउने विश्वास व्यक्त गरे ।

 

कार्यक्रममा पार्टी स्थायी कमिटीका सदस्य एवं मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले वीरगंज महानगर कमिटीले आउने निर्वाचनमा बिजय प्राप्त गर्ने काम गर्न निर्देशन दिए । उनले पार्टीलाई एकताका साथ परिचालन गन आवश्यक रहेको चर्चा गर्दै महानगरले त्यो दिाशामा काम गर्ने बिश्वास ब्यक्त गरे । 


कार्यक्रममा नेकपा एमालेका वीरगंज महानगर कमिटीका इन्चार्ज विचारी यादवले पार्टीका केही नेताहरुले शपथग्रहण कार्यक्रमको अवमूल्यन गरेको जिकिर गरे । उनले पार्टी भित्र लेटरप्याडहरु चोरी हुने अनधकृत कामहरु बढ्दै गएकोले त्यसलाई रोक्न आवश्यक रहेको बताए । 


कार्यक्रमा पार्टी महानगर कमिटीले महानगर भित्रका २ सय ५५ जना पुराना कम्युनिष्ट नेता तथा कार्यकर्ता सेल्टरदाता लगायतलाई गम्छा लगाई सम्मान पत्र दिएर सम्मान गरेको थियो ।

 

त्यसैगरि नेपाल  पत्रकार महासंघको केन्द्रीय लेखा संयोजकमा निर्वाचित के.सी.लामिछाने, प्रदेश अध्यक्षमा निर्वाचित श्याम बन्जारा, प्रेस चैतारीका मधेश इन्चार्ज अच्यूत पौडेल, प्रदेश अध्यक्ष लालबाबु शेख, जिल्ला अध्यक्ष निरन्जन मिश्र चिकित्सकहरु डा. प्रमोद सर्राफ डा.बिजय खनाल नसिंङ्ग क्याम्पसमा निर्वाचित स्ववियुका पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्ता, नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द कुमार सिंह, पार्टीका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल,मधेश प्रदेश खेलकुद मन्त्री प्रमोद जैसवाल,  वीरगंज महानगर संस्थापक प्रमुख  विजय कुमार सरावगी, जालिम मियाँ, लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने महानगरका अध्यक्ष नवराज शर्माले प्रतिवद्धता मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा एमालेका नेता पूर्व केन्द्रीय सदस्य प्रल्हाद गिरी, बहुदरमाई नगरपालिकाका उपप्रमुख सुष्मा कुश्वाहा,  नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समितिका संयोजक के.सी. लामिछाने, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा लगायतको सहभागिता रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.