logo

६३ एसपीको सरुवा,मधेशका ४ जिल्लाका कमाण्डर फेरिए, आकर्षक  मानिने तराईका झापा देखी कैलाली सम्म कसले पाए जिम्मेवारी ?(सूची सहित)

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १५ गते ०६: १५ मा प्रकाशित     1108   पटक पढिएको

वीरगन्ज ।  नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको सोमबारको बैठकले ६३ जना एसपीको सरुवा गरेको हो ।


कार्यालय प्रमुखका रूपमा एक वर्षको न्यूनतम कार्य अवधि पूरा गरेर बसेका एसपीहरू यो सरुवामा परेका छन् । त्यसक्रममा जिल्लामा नयाँँ प्रहरी प्रमुख जाने भएका छन् ।


नेपाल प्रहरी मुख्यालयले मधेश प्रदेशका चार जिल्लाका प्रहरी कमाण्डरको सरुवा गरेको छ ।


नेपाल प्रहरीको प्रधान कार्यालयले सोमबार निकालेको ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा/काजमा मधेश प्रदेशका चार जिल्लाका प्रहरी प्रमुख फेरिएका हुन् । प्रदेशका धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका एसपीहरुको सरुवा भएको छ ।

 

प्रहरी मुख्यालयले धनुषामा एसपी भुवनेश्वर तिवारीको ठाउँमा नरहरी रेग्मीलाई पठाएको छ भने तिवारीलाई नेपाल प्रहरी विपद् व्यवस्थापन सामाखुसी सरुवा गरेको छ । रेग्मी ०६२/०६३ को आन्दोलन ताका वीरगंजमा प्रहरी नीरिक्षकको रुपमा कार्यरत थिए ।

 

त्यसैगरी रौतहटमा नेत्रमणि गिरी आउने भएका छन् । गिरी कर्णाली प्रदेश प्रहरी गण, विरेन्द्रनगरबाट रौतहट आउन लागेका हुन् । रौतहटका हालका एसपी दिलिप घिमिरेको नेपाल प्रहरी प्रधान कार्यालय सूचना विश्लेषण शाखामा सरुवा भएको छ ।

 

यसैगरी, सर्लाहीका हालका एसपी रविन्द्र बहादुर सिंहको प्रहरी मुख्यालय नक्सालमा सरुवा भएको छ । उनको स्थानमा लुम्बिनी प्रदेश प्रहरी गण, बाँकेबाट योगेन्द्र कुमार खड्का आउने भएका छन् ।

त्यसैगरी महोत्तरीमा हेरम्ब शर्मा सरुवा भएर आउने भएका छन् । उनी नेपाल प्रहरी विपत् व्यवस्थापन शाखाबाट सरुवा भइ महोत्तरी आउन लागेका छन् । महोत्तरीका हालका एसपी नकुल पोखरेलको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ ।

 

यसैगरी गण्डकी प्रदेश प्रहरी गण पोखराबाट सिरहामा काजमा आएका अनन्त राम शर्माको दरबन्दी सिरहामै कायम भएको छ । यता, ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका हालका ट्राफिक प्रमुख भिमकिरण बोगटीको स्थानमा राजकुमार सिलवाल आउने भएका छन् ।

 

एसपी दर्जाको आकर्षक मानिने तराईका भारतीय सीमावर्ती जिल्लामध्ये झापामा राजन लिम्बू , चितवनमा गोविन्द पुरी,  कैलालीमा बालनरसिंह राणा, सुर्खेतमा सुधीरराज शाही सरुवा भएका छन् । 

sp-saruwa-baisakh-15-7.jpgsp-saruwa-baisakh-15-6.jpg

 

sp-saruwa-baisakh-15-5.jpg

sp-saruwa-baisakh-15-4.jpg

sp-saruwa-baisakh-15-3.jpg

sp-saruwa-baisakh-15-2.jpg

sp-saruwa-baisakh-15-1.jpg

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.