logo

बिश्व प्रेस स्वतन्त्रता दिवसको  अवसरमा वीरगंजमा प्रभात फेरी,लोकतान्त्रिक समाजमा मात्र स्वतन्त्र प्रेसको रक्षा हुने बिश्वास ब्यक्त

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २० गते ०६: ५८ मा प्रकाशित     1144   पटक पढिएको

वीरगन्ज। नेपाल पत्रकार महासंघ पर्सा शाखा वीरगन्जले शनिबार बिहान वीरगन्जमा प्रभातफेरी गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ।

 घन्टाघरबाट प्रारम्भ भएको प्रभातफेरी कार्यक्रम माईस्थान, आदर्शनगर हुँदै पुनः घन्टाघर पुगेर कोणसभामा परिणत भएको थियो।


 प्रभातफेरीको उद्देश्य अभिव्यक्ति स्वतन्त्रता, प्रेसको निष्पक्षता तथा पत्रकार सुरक्षाको मागसहित समाजमा प्रेसको महत्वबारे जनचेतना फैलाउनु रहेको थियो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ  सचिव अशोक तिवारीले पछिल्लो समय मुलुकमा प्रेस  स्वतन्त्राको हनन भइरहेको बताए । उनका अनुसार राज्यकै निकायबाट प्रेस स्वतन्त्रताको हनन भइरहेको देखिएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानेले विश्व प्रेस स्वतन्त्रता दिवसले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न एवं पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नतर्फ प्रेरित गर्ने बताए।

 

उनले प्रजातन्त्रको अभावमा प्रेस स्वतन्त्रताको अभ्यास  गर्न नसकिने प्रष्ट पार्दै लोकतन्त्रको रक्षा पत्रकारहरुको भूमिका पनि अवश्यक रहेको बताए ।

 

 यसैगरी नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले पनि पछिल्लो समय पत्रकार र सञ्चारमाध्यममा आक्रमणका घटना बढिरहेको बताए । यस्ता घटनामा संलग्नहरुलाइ राज्यले तत्काल कारबाही गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए ।

महासं पर्साका अध्यक्ष ओमप्रकाश खनालले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारहरूलाई सधैं सचेत, निडर र उत्तरदायी भूमिका निर्वाह गर्न आह्वान गरे।

 

उनले सञ्चारमाध्यममाथि देखिने विभिन्न प्रकारका प्रत्यक्ष तथा अप्रत्यक्ष दबाबहरूप्रति चिन्ता व्यक्त गर्दै, स्वतन्त्र प्रेसका लागि सशक्त नागरिक सहयोग आवश्यक रहेको धारणा राखे।

 

कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनालले गरेका थिए भने कार्यक्रमको संचालन महासंघका सह सचिव अजय चौरसियाले  गरेका थिए। 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.