logo

पन्ध्र आयोजनामा लागानी सम्झौता गर्दै लगानी सम्मेलन सम्पन्न

      3/30/2019 गते 00 00 मा प्रकाशित     942   पटक पढिएको

काठमाण्डौ  १६ चैत । 
नेपाल सरकारले आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा लगानीका लागि १५ वटा आयोजनामा सम्झौता गर्दै शनिबार समापन भएको छ।

शनिबार साँझ समापन मन्तव्यमा अर्थमन्त्री युवराज खतिवडाले ‘लगानी सम्मेलन अत्यन्तै सफल भएको र सरकारले सोकेश गरेका ७७ वटै परियोजनामा लगानीकर्ताहरुले आवेदन दिएको  बताए।

आयोजना र आफ्नो प्राविधिक पक्ष र आवश्यकता हेरेर सरकारले सम्झौत गर्दै जाने उनले बताए। सरकारले ठूला आयोजनाहरुमा विदेशी लगानीे प्राथमिकतामा राख्ने उनले स्पष्ट पारे ।

शनिबार भएका सम्झौता अनुसार चौधरी ग्रुपले मात्रै सोलार प्लान स्थापना, फाइभी विस्तार र जलविद्युत आयोजनाका लागि छुट्टा छुट्टै निकायसँग तीन वटा सम्झौता गरेको छ।

उर्जाको क्षेत्रमा माथिल्लो त्रिशूली आयोजनामा कोरियाली कम्पनीले ६५० मिलियन डलर लगानी गर्ने समझदारी गरेको छ। अरुण तेस्रो आयोजनालाई लगानी गर्न एसबीआई बैंक, नविल बैंक र एभरेस्ट बैंकले समझदारी गरेका छन्।

हाइड्रो सोलुसनले चिनियाँ कम्पनीसँस १६४ मेगावाटको काली गण्डकी गर्ज निर्माण गर्ने समझदारी गरेको छ। सीमरामा विशेष आर्थिक क्षेत्र  विकासका लागि लगानी बोर्ड, आइएफसी र सेज प्राधिकरणबीच समझदारी भएको छ।

त्यस्तै गैरआवासीय नेपाली संघले १० अर्बको लगानी पूर्वाधार निर्माणका क्षेत्रमा ल्याउने समझदारी गरेको छ।

यी हुन दुई पक्षीय समझादारी भएका आयोजनाः

१. चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी।
२. ६ सय मेगावाट सोलार प्लान्टका लागि चौधरी ग्रुप र स्काई पावरबीच समझदारी।
३. ५ जी नेटवर्क विस्तारका लागि सिजी र टेलिसेलबीच समझदारी।
४. सोलार पोर्टेबल टाइप इनर्जीका लागि सीजी पूर्वाधार प्रालि र प्रदेश २ बीच समझदारी।
५. २६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाका लागि कोरियाली कम्पनीद्वारा ६५० मिलियन डलर लगानी गर्ने समझदारी।
६. ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रतिबद्धता पत्रमा हस्ताक्षर, भारतीय केन्द्रीय बैंकले १२ हजार करोड बढी रुपैयाँ लगानी गर्ने समझदारी।
७. १६४ कालीगण्डकी गर्ज विद्युत् आयोजनाका लागि सिन्ह्वा हाइड्रो सोलुसन र सांघाईबीच समझदारी।
८. सिमरा सेज पीपीपीमा बनाउन लगानी बोर्ड, आईएफसी र सेज प्राधिकरणबीच समझदारी।
९. सिन्सियर कन्सल्टेन्ट, हिमालयन बुटिक रिसोर्ट, हर्बल डिडक्सिकेसनबीच समझदारी।
१०. एनआरएनएद्वारा पूर्वाधार विकासमा १० अर्ब लगानी गर्ने समझदारी।
११. नेसनल कोल्याटरल म्यानेजमेन्ट सर्भिसेस इन्डिया र नेशनल वेयर हाउस कम्पनी हाउसिङ लिमिटेड समझदारी।
१२. पूर्वाधार विकास कर्पोरेसन।
१३. मुतुथ फाइनान्स भारतद्वारा ३९ अर्ब ९० करोड लगानी गर्ने समझदारी
१४. दक्षिण अफ्रिका र दक्षिण अफ्रिका लगानी बोर्ड र इन्भेष्ट साउद अफ्रिकाको लगानी समझदारी।
१५. गुरुप्रसाद न्यौपाने, राजन खरेल, खरेल ग्रुप अफ क्यापिटलिस्टको लगानी समझदारी।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको  निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

एमाले सचिवालयको बैठक सम्पन्न यस्ता छन चार निर्णय

काठमाडौँ । पार्टी अध्यक्ष केपी ओली पक्राउ परेपछि आज बिहान बसेको  एमालेको सचिवालय बैठकले चार वटा निर्णय गरेको छ ।

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.