वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज (सोमबार) राती ९ बजेदेखि मंगलवार बिहान ९ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु उल्लंघन गर्नेलाई कडा कारबाही प्रशासनले चेतावनी दिएको छ ।
जेनजी युवाहरुले साँझ वीरगंजमा प्रर्दशन शुरु गरे पछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
पर्साको वीरगन्जमा पनि आन्दोलन चर्किएको छ। युवाहरूले घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। बढ्दो तनाव र झडपको सम्भावनालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरेको स्थानीय प्रशासनले जनाएको छ ।
प्रदर्शनकारीहरूले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता र कुशासनको विरोधमा नाराबाजी गरिरहेका छन्।
यस परिस्थितिले वीरगन्जको जनजीवन प्रभावित भएको छ। पसल र बजारहरू बन्द छन् भने सडकमा मानिसहरूको चहलपहल कम भएको छ।
तपाईको प्रतिक्रिया