logo

लाखौको लागतमा बनेको खानेपानी टंयाकीहरु संचालनमा आएनन 

      7/4/2019 गते 00 00 मा प्रकाशित     1058   पटक पढिएको

बीरगंज १९ असार ।
२०५० सालमा  पर्सा जिल्लाको दोश्रो ठुलो बजार पोखरियामा स्वच्छ पिउने पानी बितरणकालागि ओभरहेड टयांकीको निर्माण भयो । सम्बिधान सभाका सदस्य रामेश्वर रौनीयार त्यसको उपभोक्ता समितिका अध्यक्ष थिए । टंयाकी निर्माण भयो बजार भरि पानी आपूर्तीकालागि पाइप ओच्छयाइयो ।

निर्माण भएको २६ वर्ष भयो पानीटंयाकी संचालनमा आएन । त्यतिवेला ८/१० लाखको लागतमा पानीटंयाकी निर्माण भएको थियो । स्वच्छ खानेपानी बितरणकालागि बनेको पानीटंयाकी आज सम्म संचालनमा नआउनु र त्यस क्षेत्रका नागरिकले पानीटंयाकीको पानी पीउन नखोज्नुले यो खाले बिकास हाम्रो आवश्यकता थियो की जर्वजस्त लादिएको हो भन्ने अन्यौलता अझै पनि छ ।

सरकारी तथ्याकं अनुसार पर्सा जिल्लाका ९६ प्रतिशत नागरिकको पिउने पानीमा पहुच रहेको छ । पर्सा जिल्लाको ठोरी गाउँपालिकाका नागरिकको पिउने पानीमा अझै पहुच छैन । पर्सा जिल्लामा पोखरिया,भिषूवा,झौवा गुठी ,अलौ,बिन्दवासीनी,परशुरामपुर बहुअर्वाभाठामा ओभरहेड टंयाकी बनीसकेको छ । तर कुनै पानी टंयाकी संचालनमा छैनन । महुवन र सेढवामा काम सम्पन्न हुन बाँकी छ ।

 

ठोरीको हनुमाननगर र बिजयबस्तीमा बनेको टंयाकीबाट उपभोक्ताले पानी उपभोग गरिरहेका छन । ५० साल देखी निर्माण भएका टंयाकीहरुको मरम्मत हरेक वर्ष भइरहेको छ । यस्तोमा टंयाकीहरु संचालनमा आउने अपेक्षा कमै गर्न सकिन्छ । तर खानेपानी तथा सरसफाई डिभिजन ४ का इन्जिनियर रामहित यादव भने टंयाकीहरु संचालनमा आउने दावी गर्छन । टयूवेलहरु सुक्न थाले पानीको सतह निकै तल गइरहेको छ अव धेरै ठाउबाट धारा जडानको माँग समेत आएको यादवको भनाई छ । 


पर्सा जिल्लामा ८३ हजार घर परिवार रहेका छन । त्यसमध्य अधिकांश परिवारमा खानेपानीको धारा जडान छ (चापाकल) धाराबाट पानी आउदा सम्म खानेपानी टंयाकी संचालनमा आउने छाँट देखिदैन । प्रति टंयाकी निर्माणका एक करोड सम्मको लागत परेकाmे छ । यत्रो लागतमा निर्माण भएका टंयाकीहरु एकै वर्षमा निर्माण सम्पन्न हुदैनन । यसलाई बहुवर्षिय परियोजनामा राख्ने गरिएको छ ।

 

निर्माण पछि पनि मरम्मत सम्भार कोष खर्च भइरहेको छ । पानीको आपूर्ती भएको छैन तर हरेक वर्ष मरम्मत खर्च भइरहेको छ । ओच्छयाएका पाइपहरुको नामोनिशान छैन । अझै पनि टंयाकी निर्माणको काम जारी नै छ । चालु आर्थिक वर्षमा पनि पर्सा जिल्लाको सुवर्णपुर,सोलखपुर,बढनीहार,मनवा ,रंगपुर र सोनवर्षामा खानेपानीको टंयाकी बन्दै छ ।

 

पर्सा जिल्लामा खानेपानीको टंयाकी निर्माणको लामो इतिहास नै छ । यसलाई नजिकबाट नियाल्दै आउनु भएका पूर्व निर्माण ब्यवसायी आत्मदेव उपाध्यायले बहुवर्षीय योजनामा पारेर खेलो फडको गर्ने काम गरिएको टिप्पणी गर्नुहुन्छ । 


पर्सामा बनेका ओभर हेड टंयाकीको क्षमता १ लाख लिटर रहेको  छ ।जसबाट पाँच सय घरधुरीलाई स्वाच्छ पिउने पानीको आपूर्ती हुन सक्छ । पानीटंयाकी निर्माण गर्दा पनि टयूवेलहरु सुक्छन त्यसैले पानीटंयाकी बनाउनु पर्छ भन्दै निर्माण गरिएको थियो ।

 

नागरिकले सिचाई माग गरेका थिए तर सरकारले पानीटंयाकी बनायो । त्यसरी बनाएको टंयाकी संचालनमा नआउदा उपभोक्ताहरुनै अन्यौलमा परेका छन । झौवागुठी खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष जयप्रकाश चौरसिया स्वच्छ खानेपानी आउछ भनेर बनाइयो तर आएन । हामीले सिचाईको माँग गरेका थियो चौरसियाले भने नमागेको टंयाकी बन्यो अहिले सम्म संचालनमा भने आउन सकेन । 


नागरिकलाई स्वाच्छ पिउने पानी दिने सरकारी नीति रत्तिभर पनि कार्यान्वयनमा आएको छैन । राज्याको लाखौ रुपैया खर्च भएको छ । तर त्यसको प्रतिफल उपभोग गर्नबाट नागरिक बन्चित छन । नागरिकको करबाट बनाइएका योजनाहरु संचालनमा ल्याउन नपर्ने र त्यसको जवाफदेहीतामा निर्वाह गर्न पनि नपर्ने बिचित्रको सरकार छ । बिचित्रता तोडेर नागरिक प्रति जिम्मेवार र जावफदेह बन्ने सरकारको दरकार छ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.