logo

 नेपाल र भारतका प्रमले क्रर्सबोर्डर परियोजनाको गरे उद्धघाटन,अव पाइपलाइनबाटै डिजल आउने ,चालक र ब्यवसायी खुशी

      9/10/2019 गते 00 00 मा प्रकाशित     754   पटक पढिएको

अमलेखञ्ज २४ भदौ । 
नवनिर्मित मोतिहारी अमलेखञ्ज पेट्रेलियम पाईपलाईनबाट आजदेखि नियमित रुपमा ईन्धन आउन शुरु भएको छ ।  नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले मंगालबार औपचारिक रूपमा उद्घाटन गरेसँगै ईन्धन आपूर्ती नियमित भएको हो  ।

 

भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगञ्जसम्म कुल २५९.७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारीदेखी अमलेखगञ्जसम्मको ६९.७ किलोमिटर पाईपबाट पहिलो चरणमा ३१ लाख लिटर डिजल पठाएर गत श्रावण तिन गते सफल परिक्षण भएको थियो ।

पाइपलाईनको संचलनसंगै डिजल,पेट्रोल र मटितेलमा २ रुपैया मूल्य घटाएर उपभोक्तालाई राहत दिएको छ । उपभोक्ताकोलागि यो खुशीको कुरा हो ।

 

पाइपलाईन बाट डिजल आउने कुराले डिजल आयातमा संलग्न टंयाकरका चालक र सहचालकहरु निकै खुशी देखिएका छन । उनीहरु अन्य पेट्रोलियम पदर्था ढुवानीकालागि भारत जान नपर्ने अवस्था निर्माण होस भन्ने चाहन्छन । डिजल मात्रै होइन अरु पनि लिन भारत जान नपरे हुथ्यो उनले भने उता जानु पर्दाका दुःख सम्झेर ल्याउदा त  आँनै सिरिङ हुन्छ । 


नेपाल र भारतका प्रधानमंत्रीले हाईटेक प्रबिधिमार्फत आ–आफ्नै देशबाट स्विच थिचेर पाइपलाइनको उद्धघाटन गर्दा अमलेखगंजमा ब्यवसायी चालक मजदुरको राम्रो उपस्थिति थियो । अमलेखगंजबाट भारतको बरौनी सम्म करिव साढे ५ सय किलोमिटरको दुरी तय गरेर पेट्रोलियम पदार्थ ल्याउनु पथ्र्यो ।

 

यद्धपी अहिले पाइपलाईनबाट डिजल मात्र आउछ । चालकहरुले आफनो ज्यान जोखिममा पारेर पेट्रोलियम पदर्थाको ढुवानी गर्दै आएका छन । बिगतमा भारतीय भूमीमा एक जना सह चालकको ज्यान गएको छ । एक जना चालक गम्भिर घाइते बनाइए । तीन वटा टंयाकर लुटिए ।

 

चालकलाई भारतीय भूमीमा अपराधीक समुहले “गोली खाने की गोटी” भनेर आफनो नियन्त्रणमा लिन्थे र पेट्रोलयिम पदार्थ लुटथे । गोटी भनेको चाही लागाू औषध हो जसको सेवनले चाकहरु लठ्ठ हुन्थे । यो खाले अवस्था पार गरेर आएका नेपाली चालकहरु नेपाली भूमिमै डिजल ढुवानी गर्न पाउने अवस्थाबाट निकै उत्साहित छन । टंयाक चालक संघका अध्यक्ष बिजय लामा चालकहरुको सुरक्षा जोखिम कम भयो भन्छन ।

 

हिजो भारतीय भूमीमा अपमानीत हुनु पर्ने असुरक्षा भोग्नु पर्ने अतिरिक्त रकम तिर्नु पर्ने अवस्थावाट नेपाली चालक मुक्त हुनु खुशीको कुरा भएको उनको टिप्पणी छ ।  

पाइपलाइनबाट नियमित रुपमा दैनिक २० घण्टा सञ्चालन हुँदा दैनिक ३० हजार किलोलिटर तेल भित्र्याउन सकिने निगमले जनाएको छ । पाईपलाईनबाट हालका लागि डिजल मात्रै आयात गरिने र पेट्रोल आयात गर्न थप एक बर्ष लाग्न सक्ने आयल निगमले जनाएको छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक  १ अर्व रूपैयाँ भन्दा बढी बचत हुने निगमको अनुमान छ । अमलेखगंज बरौनी र रक्सौलका लागि करिव ५ सय टंयाकरहरु संचालनमा छन ।

 

अव डिजल ढुवानीकोलागि आयल निगमको अमलेखगंज डिपोले सम्झौता  गरेका टंयाकरहरु अमलेखगंजबाट डिजल बोकेर नेपालका बिभिन्न स्थानमा जाने गरि संचालन हुनेछन । पाइपलाईनको संचालन पछि ब्यवसायीहरुले पनि सीमा पारमा बहन गर्दै आएको अतिरिक्त रकम रोकिने भएको छ । यसले ब्यवायीलाई पनि खुशी बनाएको छ । टंयाकर ब्यवसायी बिराज काकींले ब्यवसायहीलाई पनि समस्या पथ्र्यो पेट्रोलिम पदार्थको ढुवानी झण्झटीलो नै थियो अव केही मात्रमा त्यो कम हुने बताए ।  
भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्धारित समय भन्दा आठ महिना अगाडि निर्माण कार्य सम्पनन भएको यो परियोजना नेपाली जनताकालागि बहुप्रतिक्षीत थियो ।

 

०७२ को नाकाबन्दीताका पेट्रलोलियम पदार्थको आपूर्तीलाई टारगेट गरिएको थियो । त्यस कारण पनि पाइपलाई नेपाली जनताको चासोको परियोजना थियो । जुन समय अगावै सम्पन्न भएर संचालनमा आउदा सबैमा खुशी संचार भएको छ । नेपाली उपभोक्तालाई पेट्रोलियम पदार्थ आपूर्ती गर्दै आएका आयल निगमका डिलहरु पनि निकै खुशी छन । उनीहरुले पनि लोडिङका नाममा बुझाउनु पर्ने अतिरिक्त रकम अव बुझाउनु पर्ने छैन । सीमापार टंयाकर पठाउदा आइपर्ने झण्झट र असुरक्षाबाट उनीहरु पनि मुक्त भएका छन ।

 

बीरगंजको पशुपती आयलका संचालक कैयुम हुसेनले लोडिङका नाममा हुने खर्च घटने र पेट्रोलियम पदार्थको डेनसीटी घटदा ब्यहोर्नु पर्ने घाटा समेत कम हुन सक्ने बिश्वास ब्यक्त गरे  पाइपलाईनको संचालनबाट एकै पटक मुलुकका सबै क्षेत्रका नागरिकमा  खुशीकोे वतावरण बनेको छ । दक्षीण एशियाकै पहिलो क्रसबोर्डर पाइपलाईनको रुपमा दर्ज भएको छ ।

 

एउटा राम्रो परियोजनाको सफल प्रयोगले सबैतिर राहत र आशाको संचार गराउन सक्दो रहेछ । यो खुशीका कारण पाइपलाईन परियोजना प्रति आम नेपालीको स्वामित्व स्थापित भएको छ । राज्यले यस्तै केही राम्रो काम गर्न सक्दा मात्रै पनि नेपालीको अनुहारमा चमक  देख्न सकिन्छ  ।


परियोजनाको नेपाल र भातरका प्रधानमंत्रीले प्रविधि मार्फत उद्धघाटन गर्दै खुशी ब्यक्त गरेका छन । निर्धारित समय भन्दा आठ महिना अगाडि निर्माण कार्य सम्पनन भएर संचालनमा आएको यो परियोजना नेपाली नागरिककालागि आशाको दियो समेत बनेको छ । गर्दा हुन सक्ने रहेछ भन्ने कुरा यो परियोजनाले स्थापित गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

काठमाण्डौ ।  राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को संशोधन विद्येयकलाई आवश्यक सुधार गरेर पारित गर्न सकिने धारणा ब्यक्त गरेकी छिन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.