logo

अस्पतालमै छन शवहरु,७ लाखको मरच्यूरी क्याबिनेट विथ रेफरिज्रेटर ल्याउन के ले राक्यो ?

      7/30/2020 गते 00 00 मा प्रकाशित     1400   पटक पढिएको

बुधवार बिहान र दिउसो कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका दुईजनाको शव अहिले पनि अस्पतालमै रहेको छ ।

 

बीरगंजको रेशमकोठीका एक जना बृद्धको उपचारको क्रममा गण्डक अस्पतालमा र माइस्थान निवासी अर्का एक जना बृद्धको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो । दुबै जनाको शव अहिले पनि अस्पतालमा रहेको छ । 


यस अघि शव ब्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले जनताको तर्फबाट सास्ती खेप्नु परेको थियो । भेडाह खोलामा शद्गत गर्न खोज्यो स्थानीयको अवरोध, तिलावेमा गर्न खोज्यो त्यही अवरोध ।

 

अवरोधको सामना गर्दै आएको नेपाली सेनाले आदर्शनगरमा ब्यापार गरि बस्ने एक भारतीय नागरिकको मृत्यु पछि आधारातमा शंकराचार्य प्रवेशद्वाराको छेउमा लगेर शद्गत गर्नु  पर्यो ।

 

स्थानीय स्तरमा जनताले अवरोध गरेपछि शव ब्यवस्थापनको जिम्मा पुरा गर्दै आएको नेपाली सेना समेत अन्यौलमा परेको छ । स्थानीय राजनीति नेतृत्वमा  भाषण गर्ने र शवको ब्यवस्थापनलाई पनि राजनीतिकरण गरिदिने बिशेष कौशल देखा परेको छ ।

 

शव सद्गतकोलागि ठाउको ब्यवस्थापन समेत गर्न नसक्ने जनताका प्रतिनिधिको हवीगत देखेर सेना समेत अन्यौलमा परेको हो । 


  गण्डक अस्पतालको आकस्मिक कक्षमा २५ घण्टादेखि अलपत्र परेको शव ब्यवस्थापन नहुदा आकस्मिक कक्षमा अन्य बिरामीको चेकजाँच हुन सकेको छैन । 


यस अघि चिकित्सक डा.निरज सिंहले शव राख्ने मरच्यूरी क्याबिनेट विथ रेफरिज्रेटर (फ्रिजर)को ब्यवस्थापनकोलागि सरकारहरु र स्थानीय दाता पूजीपतीहरुलाई अपिल समेत गर्नु भएको थियो ।

 

मरच्यूरी क्याबिनेटको ब्यवस्था भएको भए शव ब्यवस्थापनमा एक दुई दिन समस्या आउदा समेत केही फरक पर्दैनथ्यो तर त्यो नहुदा समस्या देखिएको छ ।

 

डा.सिंहले मरच्यूरी क्याबिनेट काठमाण्डौमा पाउने बताउनु भयो । अहिले ७ लाख रुपैयामा बीरगंजमै डेलीभरी दिन्छ उहाँले भन्नु भयो “७ लाख रुपैया स्थानीय सरकार प्रदेश सरकार वा बीरगंजको निजी क्षेत्रकालागि ठुलो समस्या त होइन तर पहलकदमी किन नभएको हो बुझ्न सकेको छैन ।

 

उहाँले दुईटा क्यावनेट मात्र ल्याउन सक्ने हो भने पनि एउटा कोरोना संक्रमीतकोलागि अर्को सामान्य मृतक राख्नकोलागि प्रयोग गर्न सकनिे उहाँले बताउनु भयो । क्याबिनेट हुने हो भने आकस्मिक कक्षहरु फ्रि हुने र अन्य बिरामीले सही सेवा पाउने र वतावरण समेत स्वस्थ्य हुन सक्ने उहाँले बताउनु भयो ।

 

तर यति काम नभएको देख्दा डा.सिंह चिन्तित हुनुहुन्छ । स्थानीय प्रशासन र सरकारले कोरोनाको संक्रमण र यसले ल्याउने संकटलाई ख्यालठट्टामा लिएको जस्तो आफूले अनुभव गरेको उहाँले बताउनु भयो ।

 

बिपत ब्यवस्थापनका नाममा बैठक हुने छलफल हुने ति सबै कुरा कर्मकाण्ड पुरा गर्नकालागि हुने गरेको ब्यवहारमा पुष्टि हुदै गएको छ । मुख्यमंत्रीको उपस्थितिमा बीरगंजमा भब्य जलसाको आयोजना भयो । सबैले खतरा भाषण गरे । कानून निर्माण गर्ने बिधायीक अंगका मान्छेहरुले ठाउका ठाउँ आदेश जारी गरे ।

 

तर परिणाम हेदा दुईटा शव जाहा मृत्युवरण भयो २४ घण्टा बित्दा समेत त्यही छ । त्यो उठने छेकछन्द देखिदैन । भाषण गर्नेहरु सबैको ल्याकत यही देखिन्छ ।

 

मावनता कति सम्बेदनहिन हुदै गयो गाडिनकालागि ३ फिट जमिन पाउन गार्हो हुदैछ । मरेको मान्छेबाट कारोनाको संक्रमण फैलन्छ भन्ने कुरा पुष्टि भएको छैन । तैपनि जनतामा यो भय कसले हाल्यो ? जनताका प्रतिनिधिले जवाफ दिने बेला आएको छ । 


  
    
   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.